Tuesday, August 16, 2016

अनशनरत गङ्गामाया आइसीयुमा

Gangamaya.jpg-430x336काठमाडौँ, ३२ साउन । अनशनरत गङ्गामाया अधिकारीको अवस्था नाजुक भएपछि उहाँलाई अहिले आइसीयुमा राखिएको छ ।
गत बिहीबारदेखि गङ्गामायाले स्लाइन र औषधि समेत नलिई आमरण अनशन सुरु गरेपछि उहाँको अवस्था नाजुक भएको हो । मानवअधिकारकर्मी इन्द्र अर्यालका अनुसार गङ्गामायालाई स्लाइन चढाउन खोज्दा उहाँको नाडीमा रगत ‘जाम’ भएपछि अहिले घाँटीबाट स्लाइन दिने तयारी भइरहेको छ ।

आइतबारदेखि मानवअधिकारकर्मीले सरकारलाई दबाब दिन ‘गङ्गामाया बचाऔँ’ अभियान सुरु गरेका छन् । सोहीअनुसार मानवअधिकारकर्मीले आज उहाँ अनशनरत वीर अस्पतालमा नै धर्ना दिएका छन् ।

विसं २०६१ मा तत्कालीन माओवादीले आफ्नो १७ वर्षीय छोरा कृष्णप्रसादको हत्या गरेको भन्दै गङ्गामाया र नन्दप्रसाद अधिकारी अनशनमा बस्नुभएको थियो । अनशनरत अवस्थामा नै नन्दप्रसादको दुई वर्षअघि मृत्यु भए पनि गङ्गामाया एक्लै अनशनलाई निरन्तरता दिइरहनुभएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...