Saturday, August 27, 2016

रक्तदान गर्न मैनाली न्युयोर्कबाट बिश्वको गरिब देश मलाबी यसरि पुगे

arjun 1मानिस मनोरंजन गर्न र मन बहलाउन बिश्व भ्रमण गर्छन l नेपाल काभ्रे घर भै हाल न्युयोर्कमा बस्दै आएका अर्जुन प्रसाद मैनाली भने केवल नेपाली समुदायमा रक्तदान सम्बन्धि सचेतना गर्न विश्वका भ्रमण गरि रहेका छन् l पछिल्लो समयमा उनले विश्वकै सबैभन्दा गरिब देश मलाविमा रक्तदान गरेर न्युयोर्क फर्के l

उनले पशुपतिको जात्रा सिद्राको व्यापार भने झैँ रगत दान जीवन दान भन्ने मूल नारालाई साकार पार्न आफु आफ्नो निजि खर्चमा त्यहाँ पुगेर गैर आवासीय नेपाली संघको स्थापना गर्न मदत पनि गरे l

त्यहाको रक्त संचार सेवा केन्द्रमा उपस्थित व्यक्तिहरुलाई रगत दान बारे आफ्नो अनुभब सुनाउदै सम्भावित रक्तदाताहरुलाई उत्प्रेरित गरेको बताए | १५६ औं रगत दान गर्दै रक्तदान उत्प्रेरणा कार्यको लागि एक हजार डलर सहयोग गरेको बताए l

त्यहा करीब १० लाख जनालाई एचआइभी, औलो, टाइफ़ाइड, प्लेग आदि रोग लागेको तथ्यांकले देखाएको बताए भने १ लाखमा ८ सय ७ सुत्केरी तथा गर्भवती महिलाहरुले जीवन गुमाई रहेका छन् भनि जानकारी गराए l

आफुले रक्तदान गरे पछि त्यहा रहेका नेपालीहरुबारे खोज खबर गरि भेटघाट गरेको कुरा सुनाउदै करिब ४० जना नेपालीहरु रहेको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए | यहा नेपालीका ३ ब्यबसाय र अन्य नोकरी गरि रहेका बताए | उनले मलाविमा गत अगष्ट २०, २०१६ मा एनआरएन गठन भएको जानकारी दिएका छन् l संस्था गठन हुँदा आफुले सहयोग स्वरुप स्थानिय १८ हजार रकम शुभकामना स्वरुप प्रदान गरेको बताए l

नव गठित मलाबी एनआरएनए संस्थाका पदाधिकारिहरुमा अध्यक्षमा दिपक पोखरेल ,उपाध्यक्षमा डम्बर थापा तथा सचिबमा सबिन थापा रहेका छन् l यसै गरि कोषाध्यक्षमा अनिल खत्री तथा सदस्यहरुमा कुमार बस्नेत,पदम शर्मा तथा राजन बस्नेत रहेका छन् l

arjun 2

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...