हरेक घरमा धारो होस्, हरेक गाउमा सिचाइ होस् नारा अगाडि सारेर शुरु भएको पानी अभियानले छोटो समयमै संसार भरीका नेपालीहरुबाट अपार माया सदभाव पाएको जान्कारी सुनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितीका सचिव श्री किरण पौडेलले गराउनु भएको छ । उहा फेसबूकमा पानी अभियानको बारेमा जानकारी दिदै लेख्नुहुन्छ ।
“आदरणीय महानुभावहरुमा हार्दिक नमस्कार ! नागरिकका आधारभूत आवश्यक्ता परिपूर्ति गर्ने कुनै पनि देशको मूल कानूनले प्रत्याभुत दिलाएको भएता पनि हामीकहाॅ आफ्ना नागरिक को आधारभूत आवश्यक्ता पूरा गर्ने दिशामा सरकार लाचार छ। सरकारको यस्तै गैर जिम्मेवारपूर्ण कार्यले नागरिकले दिनहुॅ अनेकौं किसिमका दुःख कष्ट झेल्दै आउनु परेको सर्वबिदितै छ।हाम्रो संविधानले प्रत्याभूत गरेको ”स्वास्थ्य सम्बन्धी हक”अन्तर्गत ‘प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुॅचको हक’ दिलाउनु राज्यको कर्तव्य हुनेछ भन्ने संवैधानिक ब्यबस्था भए बमोजिम राज्यले गर्नु पर्ने दायित्व पूरा नगरेर राज्य मौन बसिरहेको छ ।सरकारलाई चुनौति दिनका लागि दाङ जिल्ला लक्ष्मिपुर गा बि स सुनपुरमा ” करोड पानी अभियान ” आज भन्दा करिब पाॅच महिना पहिले देखी सञ्चालन भएर यस अभियान ‘ सुनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति ‘ को नाम बाट बैधानिक रुपमा आर्थिक संकलन गरिरहेको छ जुन छोटो समयमा यस ” करोड पानी अभियान ”मेरो नभएर हामी सबैको साझा बनिसकेको छ ,दाङ जिल्ला लक्ष्मिपुर गा बि स सुनपुरको मात्र नभएर समग्र नेपालको पानी अभियान भएको छ आजका दिन सम्म आॅउदा ”करोड पानी अभियान ” सम्पूर्ण विश्वको पानी अभियान भएको छ ।
हामीलाई गर्व लाग्छ यस ”करोड पानी अभियान”मा दिनहुॅ सहृदयी मनले आर्थिक सहयोग गरेको देख्दा हामी सम्पूर्ण उपभोक्ता आभारी छौं ।यस अभियान आज सगरमाथा चुम्न खोज्दैछ ।खाडी मुलुकको पचास डिग्री तापक्रममा पनि काम गरेर यस पानी अभियानलाई आर्थिक सहयोग गर्नु हुने हाम्रा आदरणीय महानुभावहरु वास्तबमै धन्यबादका पात्र हुनुहुन्छ।साथै विश्वका बिभिन्न ठाॅउमा विविध कामको सिलसिलामा बसोबास गर्दै आइरहनुभएका हाम्रा आदरणीय महानुभावहरुले आफ्नो केही अंश यस पानी अभियानलाई आर्थिक सहयोग गरेर हामीलाई गुन लगाउनु भएको छ वहाॅहरुको सहयोगको यस ”सुनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति ” धन्यबाद दिन चाहन्छ,तपाॅईहरुको यो सहयोग यस खानेपानी उपभोक्ता समितिलाई लक्ष्य केन्द्रित बनाउने दिशामा लाग्ने छ भन्ने आशा यस समितिले राखेको छ ।यस ”करोड पानी अभियान ”मा दिन प्रति दिन सहयोगी हातहरु थपिदैछन् खासगरी ‘गैर आवासीय नेपाली – संघ एन आर एन ‘ को भूमिका सह्रानीय छ।
आज मिति 2073 साल श्रावण 32 गते तदअनुसार सन् 2016 August 16 सम्ममा यस ‘ सुनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति ‘को नाममा रु 5,10, 576/ अक्षरुपी पाॅच लाख दश हजार पाॅच सय छयेत्तर रुपैयाॅ जम्मा भएको जानकारी गराउॅदछौं।साथै रकम जम्मा गर्नुहुने सम्पूर्ण सहयोगी दाताज्यू हरुलाई यस ‘ सुनपुर खानेपानी तथा सरफाई उपभोक्ता समिति ‘ आभार ब्यक्त गर्दछ साथै आगामी दिनहरुमा यहाॅहरुको साथ सहयोगको अपेक्षा राख्दछ। धन्यबाद्
सचिव- किरण पौडेल “
No comments:
Post a Comment