Sunday, August 21, 2016

मुलुकको सम्बृद्धिमा लाग्न नेता पाण्डेको आग्रह

Surendra Pandeyनवलपरासी, ६ भदौ । नेकपा (एमाले)का नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा पनि रोजगारीको प्रशस्त सम्भावना रहेको भन्दै युवालाई स्वदेशमै रहेर काम गरी मुलुकको सम्बृद्धिमा लाग्न आग्रह गर्नुभएको छ ।

नवलपरासीको गैँडाकोटमा रहेको विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आइतबार गैँडाकोटमा आयोजित २६औँ वार्षिकोत्सव एवम् विकू युवा सम्मेलनमा बोल्दै उहाँले देशको विकासका लागि युवा नै लाग्नुपर्ने बताउनुभयो ।

नेता पाण्डेले विकू बचत तथा ऋण सहकारी संस्थाले स्वदेशमा नै लगानीको वातावरण सिर्जना गर्न अभिप्रेरित गरेको बताउँदै धन्यवाद ज्ञापन गर्नुभयो ।

सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारले नेपालभित्रै रोजगारीको अवस्था सिर्जना गरी युवा जनशक्तिलाई पलायन हुनबाट रोक्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सफल व्यवसायीका अनुभवसहित प्रस्तुत गरिएका विभिन्न विभिन्न कार्यपत्रमाथि छलफल भएको थियो । सम्मेलनमा नवलपरासी, चितवनसहति विभिन्न जिल्लाका २० देखि ४० वर्ष उमेर समूहका करिब ३०० युवाको सहभागिता रहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...