Thursday, September 1, 2016

हङकङमा दार्जिलिङ, नेपाल र सिड्नीका नेपाली कलाकारहरुले यसरी मच्चाए धुम (भिडियो विशेष)

हङकङ, एनआरएन हङकङद्वारा आयोजित एनआरएन नाईट – ३ मा दार्जिलिङ, नेपाल र सिड्नीका नेपाली कलाकारहरुले हङकङेली दर्शकलाई भरपूर मनोरञ्जन दिए।

युन लङ थियटरमा सम्पन्न कार्यक्रमको विशेष आकर्षण दार्जिलिङका चर्चित हास्यकलाकार महेन्द्र बागदास रहे। उनले दर्शकलाई पेट मिचीमिची हास्न बाध्य पारे। दार्जिलिङबाट दुई वर्षअघिमात्र नेपाल बसाईं सरेकी गायिका बानिका प्रधानले हङकङका स्रष्टाहरुद्वारा सिर्जित गीतहरु प्रस्तुत गरिन्।

गायक धर्मेन्द्र सेवानले पिता बुद्धि परियार र आफ्ना चर्चित गीतहरु दर्शकसामु पस्के। लोक फ्लेवरका गीतहरुमा साथसाथै गीत गाएर दर्शकले धर्मेन्द्रलाई साथ दिए। सिड्नीबाट हङकङ आएको अल्टो नेपाली ब्याण्डलाई समेत हङकङेली दर्शकले माया दिए। सुरेन्द्र गुरुङ र दिलु लामाले लोकदोहोरी गीत प्रस्तुत गरे। उनीहरुलाई स्थानीय बाद्यवादक कलाकारहरुले साथ दिएका थिए।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...