Monday, September 12, 2016

हिन्दु ॐकारले गुञ्जनगर गुञ्जायो

%e0%a4%97%e0%a5%81%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%a8%e0%a4%97%e0%a4%b0-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae-5

देवर्षि । भदौं २७, चितवन । हिन्दु ॐकार भोलन्टियर्स नामक संस्थाले चितवनमा आफ्नो गतिविधि सञ्चालन गरेको छ । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिको भातृसंस्थाको रूपमा रहेको सो संस्थाले चितवनको चित्रवन नगरपालिका वडा नं. ७ गुञ्जनगर स्थित श्रीरामजानकी मन्दिर प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी आफ्नो उद्देश्यको बारेमा जानकारी गराएको समाचार प्राप्त भएको छ ।

%e0%a4%97%e0%a5%81%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%a8%e0%a4%97%e0%a4%b0-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae-4
स्थानीय भद्र महिला, विद्वान, प्राचार्य, विद्यार्थी, समाजसेवी एवं धार्मिक व्यक्तित्त्वलगायतका सर्वसाधारणको सहभागिता रहेको सो कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा विश्व हिन्दु महासंघका निमित्त महासचिव पदमबहादुर सापकोटाले सम्बोधन गर्नु भएको थियो । यसै गरी हिन्दु ॐकार भोलन्टियर्सका केन्द्रीय अध्यक्ष पदमराज पाण्डे र सोही संस्थाका महासचिव दीपक सुवेदी, पुरोहित संघ चितवन जिल्ला अध्यक्ष विष्णुप्रसाद जमरकट्टेल लगायतका व्यक्तित्त्वले सो कार्यक्रमलाई सम्बोधन गरेको समाचार स्रोतले जनाएको छ ।

%e0%a4%97%e0%a5%81%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%a8%e0%a4%97%e0%a4%b0-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae-3

कार्यक्रममा हिन्दु ॐकार भोलन्टियर्स नामक सो संस्थाले विश्व हिन्दु महासंघको साथमा विश्व भरी आफ्नो संगठन विस्तार गर्न गइरहेको समेत जानकारी गराइएको थियो । कार्यक्रममा स्थानीय बासीको तर्फबाट टिकाराम काफ्ले, लक्ष्मीनारायण शास्त्रीलगायतका व्यक्तिहरूले मन्तव्य व्यक्त गरेका थिए । रामचन्द्र सुवेदीको विशेष सक्रियतामा भएको सो कार्यक्रम आनन्द ढकालको उद्घोषण एवं श्रीरामजानकी मन्दिरका अध्यक्ष देविप्रसाद ढकालको अध्यक्षतामा सुसम्पन्न भएको बताइएको छ ।

%e0%a4%97%e0%a5%81%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%a8%e0%a4%97%e0%a4%b0-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae-1

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...