Sunday, September 25, 2016

बेलायतमा गीतकार डिल्लीरामको ‘उपमा’ सार्वजनिक

 

upama1

 

 

लण्डन असोज ०९,२०७३ । आश्फोड केन्टस्थित नर्थ स्कुलको सभाहलमा “हिजो थियौ तिमी, मेरी प्रिय साथि” बोलको म्युजिक भिडियो तथा गीति एल्बम ‘उपमा’ सार्वर्जिजक गरेका छन् ।

गीतकार डिल्लीरामको पहिलो गीति एल्बम ‘उपमा’ सार्वजनिक समारोहमा किराँत राई यायोक्खा नेपालको पूर्व अध्यक्ष तथा प्राध्यापक सुमाया राईले सभापतित्व गरेकी थिईन् । उक्त  कार्यक्रमका प्रमुख अतिथि आश्फोड सगरमाथा नेप्लीज कम्युनिटीका अध्यक्ष भाष्कर तितुङ तथा विभिन्न संघ संस्थामा आवद्घ अतिथिहरुले सयुक्त रुपमा एल्बमको विमोचन गरेका थिए
लामो समय देखि विदेशी भूमिमा रहेपनि नेपाली साहित्य र संगीत साधनामा कलम चलाउँदै आएका गीतकार डिल्लीरामले यसअघि किराँत राई सांस्कृतिक मंन्चद्घारा निर्मित सांस्कृतिक भावना बोकेको एल्वम आम्लावुङ (सुनखरी फुल)मा पहिलो गीत ‘कति दिन पर्खे’ गायिका आभा मुकारुङ र गायक बालन्द राईको स्वरमा र ‘जीन्दगीको गोरेटोमा’ बोलको शव्दरचना एल्वम ‘अलग उपहार’मा चर्चित गायिका मेलिना राई र युवा गायक रेवत राईको आवाजमा सार्वजनिक गरी सकेका छन् ।
dilliram-pic
प्रमुख अतिथि लगायत विभिन्न क्षेत्रका अग्रज व्यक्तित्वहरु एवम स्रष्टाहरुद्घारा सयुक्त विमोचन गरिएको एल्बम ‘उपमा’ विमोचन समारोहलाई औपचारिक रुपमा साहित्यकार विरु मुकारुङले कार्यक्रम संन्चालन गरेका थिए ।
बेलायतमा बसोबास रहेका चर्चित गीतकारहरु ईश्वर चाम्लिङ, भुमिराज राई , मुकेश राई, निलम आङबुहाङ,संजिब राई र जानु कामबाङले एल्वम ‘उपमा’ को प्रसंशा गदै  प्रवासमा रहेर पनि नेपाली गीत संगीत प्रतिको योगदान एवम जर्गेना गर्दै आम नेपाली श्र्रोताहरु माँझ एल्वम सार्वजनिक गर्नुु भएकोमा शुभकामना दिएका थिए ।
विमोचन कार्यक्रमलाई साहित्यकार मुकारुङले उद्घोषण गदै बेलाबेला जिवनका समसामयिक कुरालाई भावनात्मक शैलीमा पस्किएर उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन गराई रहेका थिए । गोर्खालीहरू कठोर बन्दुकमा मात्र होइन् कलम र सृजनात्मक कार्यमा पनि अगाडी भएकाले लाहुरे परिवार हुनमा गर्व गर्नु पर्ने भावना पोखेका थिए । त्यति मात्र होईन् वर्तमान नेपाली संगीत कर्मिहरुलाई लाहुरेहरुको साथ र सहयोग भईरहेकोमा दुईमत नहोला । जसको एउटा हिस्सा गितकार डिल्लीराम राईको यस कार्यले पनि प्रस्ट पार्दछ ।
नेपालको खोटाङ जिल्ला दिक्तेलमा जन्मिएका गीतकार राई व्रिगेड अफ गोर्खाज अन्र्तगत दोश्रो गोर्खा रेजिमेन्टमा दुई दशक अघिबाट कार्यरत छन् । बेलायतबासी सम्पुर्ण उपस्थित संघ संस्थाका पदाधिकारीहरु,जातिय संस्थाका प्रतिनिधी लगायत पत्रकार बन्धुहरु र एल्बमसँग सम्बन्धित गायक,  तथा प्राविधिक समुहलाई गीतकार डिल्लीरामले धन्यवाद प्रकट गदै विमोचन समारोहमा राईले भने ‘यो एल्वम विमोचन गर्न पाएकोमा म धेरै खुसी र गर्ववान्वित छु । म सधैं स्रोताहरुबाट न्यानो माया र साथ पाईरहने अपेक्षा राखिरहने उनले बताए ।
उत्कृष्ट गीतकार हेमकुमार राईले एल्बम ‘उपमा’ को समिक्षा गदै कलाकार,साहित्यकार देशका गहना मात्र होईन राष्ट्रको अंगको रुपमा लिनु पर्ने बताउर्दै एल्बम ‘उपमा’ को सफलताको शुभकामना व्यक्त गरेका थिए ।
उक्त विमोचित एल्बममा ‘सपनाको संन्सार’, ‘हिजो थियौ’, ‘हासो रहेछ माया’, ‘तिमी हौ जीवन मेरो’, लडाईको मैदानमा’ र ‘तिम्रो मुहारमा’ बोलका आधा दर्जन गीतहरु समाविष्ट छन् । जसमा डिल्लीरामको एकल शव्दरचना र गायक गंगाराज राईले एकल संगीत तथा स्वर भरेका छन् ।
कार्यक्रममा एल्बमको चर्चित गीत “हिजो थियौ तिमी मेरी प्रिय साथि, तिम्रो यादहरु छन् अझै बाकी” बोलको  म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । प्रियतमको विछोडमा जीवनलाई सधै प्रियसीको यादमा समर्पण गरीएको उक्त वियोगान्त गीतमा गीतकार राईले आफुलाई स्थापित गीतकारको रुपमा नेपाली सांगीतिक धरातलमा पहिलो कोसेली स्वरुप दर्शक स्रोता माँझ पस्केका छन् । भिडियोको निर्देशन निकेस खड्काले गरेका छन् भने मोडल एलिसा राई र आकाश श्रेष्ठले लिड रोलमा अभिनय गरेका गरेका छन् ।

 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...