Thursday, September 29, 2016

संविधान कार्यान्वयन मुख्य एजेन्डा : राज्यमन्त्री जवेगु

mantriतिलोत्तमा (रुपन्देही), १३ असोज । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले अहिले सरकारको मुख्य काम संविधान कार्यान्वयन रहेको बताउनुभएको छ ।

आजदेखि बुटवलमा सुरु भएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आयोजनामा प्रदेशस्तरीय वार्षिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन गर्दै राज्यमन्त्री जवेगुले स्थानीय निकाय पुनःसंरचनाको लागि विभिन्न ठाउँमा काम भइरहेको भन्दै कार्यान्वयनमा लाग्नको लागि कर्मचारीलाई निर्देशन दिनुभयो ।

उहाँले सात वटा प्रदेशमा स्मार्ट सिटी निर्माणको अभियान सञ्चालन रहेकाले बताउनुभयो ।
कार्यक्रममा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालले स्थानीय निकाय पुनःसंरचना र वार्षिक प्रतिवेदनको बीचमा छलफल गरेर मन्त्रालय नयाँ रणनीतिमा जाने बताउनुभयो । भोलिसम्म सञ्चालन हुने उक्त गोष्ठीमा प्रदेश नम्बर ५ का जिविस र नगरपालिका प्रमुखको सहभागिता रहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...