Sunday, September 4, 2016

वर्ल्ड फेशन परेड शान्तिको लागि समर्पित तथा पूर्व सन्ध्यामा नेपथ्यको प्रस्तुति हुने

neerakar 1

वाशिंगटन डिसी । आगामी सेप्टेम्बर २५ तारिख न्युयोर्कमा वर्ल्ड फेशन परेड कार्यक्रम हुने भएको छ l शान्तिको लागि विश्व फेशन परेड नामक महत्वाकांक्षी कार्यक्रमको आयोजना अमेरिकामा रहेका नेपाली मुलका युवाहरुको बिशेष संलग्नता तथा पहलमा हुने भएको छ l

यसको पूर्व सन्ध्यामा न्यू योर्कको ह्यामर्स टिन बलरुममा नेपालका प्रख्यात संगीत मण्डली नेपथ्यको प्रस्तुति समेत हुने भएको छ l शान्तिको लागि भेषभुषाको नारा दिइएको उक्त कार्यक्रम सेप्टेम्बर २५ तारिख न्युयोर्कको प्रसिद्ध गोथाम सभा कक्षमा हुने तय भएको छ ।

यस बृहत फेशन प्रदर्शनमा बिश्व भरका प्रसिद्ध डिजाइनर (रुपकार) तथा मोडल( प्रतिरुप)हरुमा डालिया म्याच्फी,इरिना शबेयेबा,एम जुज ,रयाडमिला लोली ,रेनुका मल्ही ,रशना श्रेष्ठ ,इजिप्ट युफेली ,योना न्युयोर्क तथा अन्य ख्याती प्राप्तले भाग लिने भएको जानकारी वर्ल्ड फेशन परेडका रणनीति तथा संचालन निर्देशक निराकार उप्रेतीले छापा बिज्ञप्तिमा उल्लेख गरेका छन् l

उक्त कार्यक्रमको लागि विश्वका प्रसिद्ध संचार माध्यमहरु ,एनबिसी ,हफिंगटन पोस्ट ,सिनेमोइ ,इलुसिड पत्रिका ,सी – इटालिया टीबी , फन टीबी ,बिलि ब्लनट आदिहरुले समाचार संकलन तथा प्रकाशन गर्ने छन् l यसै गरि अमेरिकामा रहेका नेपाली संचार माध्यमले पनि पूर्ण समर्थन गर्दै सहभागी हुने जनाएका छन् l

विश्व शान्तिको प्रबर्धन फेशनको माध्यम द्वारा भन्ने नारालाई बिशेष महत्व दिइएको उक्त कार्यक्रम अहिले सम्म भेषभुषा प्रदर्शन बिश्व शान्तिको प्रबर्धन भनि नगरिएको आयोजकले बताएका छन् l

उक्त छापा बिज्ञप्तिमा नेपाली समुदायका सबै संघ तथा संस्थालाई सहयोग गर्न आग्रह गर्दै टिकट बेचे वापत १० प्रतिसत छुट दिने बताईएको छ l

वर्ल्ड फेसन परेडमा नेपाल पर्यटन बोर्डकि सद्भावना दुत नविना बस्नेत उप्रेतीको सहभागी हुने छ जस्मा नेपालको कला ,संस्कृति ,फेसन तथा पर्यटक क्रियाकलापको प्रदर्शन गरिने बताईएको छ l यसै गरि डिसीमा स्थापित सामाजिक गैर मुनाफा संस्था गोर्खाली फाउनडेशनले पनि साझेदारको भूमिका निर्वाह गर्ने भएको छ l

nepathaya 1 nepathya 1

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...