कृतिका ओली, उमेर १२ बर्ष, नेपालको हाँडीगाँउमा जन्मिएकि उनी करिव ५ बर्षको छँदा आफ्नो परिवार बुबा तेजकी ओली र आमा रेखा सिटौलासंगै अमेरिका आईपुगेका थिए। अहिले भर्खरै १२ बर्ष टेकेकी उनी यति सानै उमेरमा पनि अमेरिकाको आफु बस्ने मेरिल्याण्ड राज्यको एक शहर टाउन अफ् ईन्डिया हेडमा The Mayor’s Youth Advisory Team को नेतृत्वमा चयन हुन सफल भएकी छिन्।
Mayor Brandon Paulin र मेयर कार्यालयसंग सिधै सम्पर्कमा रही आफ्नो टिमका सहकर्मीहरु Alex Thompson र Sophia Gallagher संग सहकार्य गर्दै त्यस शहर भरमा रहेका थुप्रै बिधालयका आफ्ना उमेर समुहका विभिन्न बिद्यार्थीहरुका हकहितका कुराहरु, विभिन्न शैक्षिक गतिविधिहरु, समस्या र समाधानहरु, आवश्यक आर्थिक श्रोतहरु जुटाउने तथा बिबिध गतिबिधिहरुमा सहकार्य गर्नेछिन्।
“म सार्है नै खुशी छु। आफ्नो शहरमा मैले आफ्नै देशको एक सानी छोरीसँग हातेमालो गर्दै काम गर्ने अवसर पाएको छु। एउटा नेपाली छोरीले यसरी अमेरिकी भुमिमा आफ्नो उमेर समुहमा नेतृत्वमा पाईला बढाउँदै गर्दा यसले अन्य नेपाली स-साना भाइबहिनीहरुमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छु। हामीले बच्चाहरुलाई यसरी सानै देखि नै नेतृत्व बिकासमा संलग्न गराउँदै लैजाने बाताबरण बनाउन सके अमेरिकामा नेपाली समुदायको पनि भबिस्यका दिनहरुमा मुलधारको नेतृत्वमा ठूलो प्रभाव पार्न सक्नेछन।” – नेपालीमुलका यसै शहरका उपमेयर समेत रहेका समाजसेवी दाजु Kiran Sitoula, किरण सिटौलाज्युले हामीलाई बताउनु भयो।
हालै मात्र समाजसेवीद्वय केन्टकी राज्यको लुइसभिल सिटीले सेप्टेम्बर २७ तारिखलाई “डा बिष्णु माया परियार दिवस” र न्युयोर्कस्थित ‘अधिकार’ संस्थाका निवर्तमान कार्यकारी निर्देशक लुना रंजितलाई न्युयोर्क महानगरपालिकाको मेयर अफिसले सेप्टेम्बर २८ लाई ‘लुना रंजित दिवस्’को रुपमा क्यालेण्डरमा अंकित गरि नेपाली चेलीहरुको सामाजिक सेवा र उहाँहरुको सफल एवम् प्रशंसनीय नेतृत्वको कदर गर्दै अमेरिकी सरकारबाट गरिएको सम्मान र अवसरको घटनालाई हेर्ने हो भने, हामी अभिभावकहरुले यस्ता सानै उमेर देखि नै उत्कृष्ट नेतृत्वको बिकासमा आफ्नो पाइला अगाडि बढाईरहेका कृतिकाको कदमलाई पनि सम्मान गर्नैपर्ने हुन्छ। हाल General Smallwood Middle School in Charles County मा कक्षा ७ मा अध्ययन गरिरहेकी कृतिका आफ्नो पढाइमा पनि सधैं अब्ब्ल् (4.0) रहदै आएकी छिन।
आउनुहोस् , हामी सम्पुर्ण अभिभावकहरुले पनि आफ्ना छोराछोरीहरुको रुचि र प्रतिभालाई बुझेर उनीहरुलाई आ-आफ्नो क्षेत्रमा सक्षम बनाउने बातावरण दिनुपर्दछ जसले गर्दा उनीहरु अमेरिकाको हरेक क्षेत्रमा प्रतिस्पर्धात्मक वातावरणमा बिजयी भएर हिड्न सकोस्।
सम्पुर्ण मेरिल्याण्डवासी नेपाली परिवारजनहरुका तर्फबाट छोरी कृतिका ओलीको हरेक प्रयासहरुमा सफलताको कामना गर्दै उनको यस नेतृत्वको सफल कार्यकालको लागि हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं।
तस्वीर/ श्रोत: किरण सिटौला
लेख: श्रीजन ताम्राकार, बाल्टिमोर मेरिल्याण्ड
© मेरिल्याण्डका हामी नेपाली, 2016
No comments:
Post a Comment