Monday, September 26, 2016

अध्यक्ष श्रेष्ठलाई मातृ शोक

डेनभर कोलोराडो
संखुवा सभा समाज अमेरिकाका अध्यक्ष शान्ति श्रेष्ठलाई मातृ शोक परेको छ ।
समाजका महासचिब हरिकुमार श्रेष्ठका अनुसार अध्यक्ष श्रेष्ठकी आमा छन्दकुमारी श्रेष्ठको सेप्टेम्बर २१ तारिक बुधवार बिहान ९:२० बजे९३ बर्षको उमेरमा देहावसान भएको हो । स्वर्गीय श्रेष्ठ संखुवा सभाका बरिष्ठ राजनीतिकर्मी तथा समाजसेवी स्व.सूर्यबहादुर श्रेष्ठकी धर्मपत्नी हुनुहुन्छ । संखुवा सभाको खाँदबारीमा जन्मनुभएकी स्व.श्रेष्ठ पछिल्ला बर्षहरुमा छोरी तथा छोराहरुको सेवा र संरक्षणमा अमेरिकाको कोलोराडोमा बस्दै आउनु भएको थियो । उहाँ संखुवा सभा समाजका संरक्षक नारायण श्रेष्ठ तथा सल्लाहकार धर्मराज श्रेष्ठ,बोर्ड सदस्य सुरेन्द्र श्रेष्ठ तथा डिएन श्रेष्ठकी आमा हुनुहुन्छ ।  स्व.श्रेष्ठको देहावसान कान्छो छोरा जीवन श्रेष्ठको कोलोराडो स्प्रींगस्थित निवासमा भएको थियो । अध्यक्ष श्रेष्ठ आमाको काजक्रिया सकेर काममा नफर्किएसम्म समाजको कार्यबाहक अध्यक्षता बरिष्ठ उपाध्यक्ष पवन बारकोटी खनालले गर्नुहुने महासचिब हरिकुमार श्रेष्ठले जानकारी दिनु भयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...