Sunday, September 25, 2016

श्रोतामैत्रि रेडियो कार्यक्रम सञ्चालन अभियान

untitled

गोर्खा ,असोज ०९,२०७३ । सिजाली माध्यामिक विद्यालय ताक्लुङमा रेडियो श्रोता क्लव गठन गरिएको छ । रेडियो प्रति श्रोताको धारणा जानकारी पाउन र श्रोतामैत्रि रेडियो कार्यक्रम सञ्चालनको लागि  आज मनकामना एफएम ९८.७ ले श्रोता क्लब गठन गरेको हो । शैक्षिक तथा विकासात्मक कार्यमा विद्यार्थीहरुको चासो तथा सहभागीताको लागि  विद्यार्थी मैत्री कार्यक्रम ल्याउन लागेको समयमा अभियान सुरु गरेको हो । विभिन्न फरक फरक चेतना मुलक विषय वस्तुमा तथा सुचनामा विद्यार्थीको पहुच पु¥्याउन श्रोता क्लब गठन गरिएको छ ।

सिजाली माध्यामिक विद्यालय ताक्लुङमा अध्यानरत विद्यार्थीहरुसँग आगमीे दिनमा विद्यार्थीको लागि कस्ता कार्यक्रम आवश्यक छ , भन्ने विषयमा अन्र्तक्रिया गर्दै रेडियो  श्रोता क्लव गठन गरिएको हो ।  विभिन्न ४ समुहमा रेडियो श्रोता क्लव गठन गरिएको छ । जसमा जोर सङ्ख्या भएकाहरुको छुट्टै र विजोर सङ्ख्या भएकाहरुको छुट्टै २ श्रोता क्लव गठन गरिएको छ ।  गठित समुहमा जोर तर्फ निशा थापाको संयोजकत्वमा १४ सदस्य र विजोर तर्फ साजन थापाको संयोजकत्वमा १७ सदस्य त्यस्तै  जोर तर्फ  प्रदिप परियारको संयोजकत्वमा २६ सदस्य त्यस्तै विजोर तर्फ गीता थापाको संयोजकत्वमा २७ सदस्य श्रोता क्लव समिति रहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...