Monday, September 26, 2016

पाकिस्तानलाई साथ दिने घोषणापछि जबरजस्त भारत पस्यो चिनियाँ सेना

dilliram-pic

काठमाडौं, १० असोज । भारतको अरुणाञ्चल प्रदेशको सीमाबाट लगभग ४५ किलोमिटर अरुणाञ्चलतर्फ गएर चिनियाँ सेनाले क्याम्प खडा गरेर बसेको सामाचारहरु बाहिर आएका छन् । उरी आक्रमणमा १८ जना भारतीय सैनिक मारिएपछि भारत-पाकिस्तान विवाद चर्किएका बेला चिनियाँ सेनाले पनि भारतकै भुमिमा क्याम्प खडा गरेर ४ दिनसम्म बसेको बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सेप्टेम्बर ९ तारिखमा भारतको अरुणाचल प्रदेशमा क्याम्प बनाएर चिनियाँ सेना ४ दिनसम्म बसेको थियो । भारतीय सेना र आइटीबीपीले संयुक्त गस्ती गरिरहेका बेला चिनियाँ सेनालाई देखेपछि फिर्ता पठाएको हो । चिनियाँ सेनालाई भारत छिर्न नदिन अक्टोबर १ तारिखमा भारतले बैठक गर्ने भएको सञ्चारमाध्यमहरुले बताएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...