Friday, September 9, 2016

छ हजार बढीको लाइन काटियो

nepal-bidhut-pradhikaranकाठमाडौँ, २४ भदौ । नेपाल विद्युत् प्राधिकरणले बाँकी बक्यौता नतिर्ने छ हजार २८६ ग्राहकको लाइन काटेको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका अनुसार आजसम्म ती ग्राहकको लाइन काटिएको हो ।

यस्तै प्राधिकरणले रु ११ करोड १४ लाख ३९ हजार ८१८ बक्यौता समेत असुल गरेको छ । यही भदौ ३ गतेदेखि सुरु भएको बक्यौता नतिर्ने ग्राहकको लाइन काट्ने अभियानले सफलता प्राप्त गर्दै गएको प्राधिकरणले जनाएको छ । यस्तै आजसम्म तीन हजार २९८ ग्राहकको लाइन पुनः जोडिएको छ ।

प्राधिकरणका उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईका अनुसार लाइन काटिएका ग्राहकबाट रु २७ करोड ९६ लाख १२ हजार २९० बक्यौता रहेको छ । प्राधिकरणले बक्यौता नतिरेका ग्राहकलाई विद्युत् नदिन र दिइएको पाइए कानुनानुसार कारबाही गर्ने जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...