Sunday, September 25, 2016

नेपाल औषधिगत विक्री प्रबन्धक सङ्गठन (पीइएन)को अध्यक्ष पदमा दत्त निर्वाचित

 

surjit-3

नेपाल औषधिगत बिक्रि प्रबन्धक सङ्गठनको १४औं महाधिवेशनमा भएको निर्वाचनमा संस्थाका उपाध्यक्ष सुरजित दत्त निर्वाचित भएका छन् l गत सेप्टेम्बर १० तारिख काठमाडौँमा भएको महाधिवेसनमा प्रतिस्प्रधात्मक निर्वाचनमा उनले अध्यक्ष पदका प्रतिद्वन्दी सुदर्शन जोशीलाई हराएर अध्यक्ष बनेका हुन् l

नेपाल औषधिगत विक्री प्रबन्धक सङ्गठनको इतिहासमा पहिलो पटक धेरै उपस्थिति भएको थियो भने अधिराज्यभर रहेका ८ वटा शाखाका ३ सय ८ जना प्रतिनिधहरु उपस्थित भएका थिए l दत्तले २ सय ८५ खसेको मत मध्ये १ सय ९४ झन्डै मत प्राप्त गरि झन्डै दोब्बर मत( दुई तिहाई) मतले बिजयी हासिल गरेका थिए l

निर्वाचनमा अध्यक्ष र उपाध्यक्षको प्रतिस्प्रद्धा मात्र भएको थियो l उपाध्यक्ष मा माधव सिंह निर्वाचित भएका थिए भने बी दुई पदमा सर्ब सम्मत भएको थियो l संस्थाको इतिहासमा पहिलो पल्ट सन्चय कोश ,मजदुर संघ र बिदा सम्बन्धि मुद्दा उठान गरिएको थियो l

surjit-4

अध्यक्षमा दत्तले आफु निर्वाचित भए पछि सबैलाई धन्यवाद दिदै निर्वाचनमा कसैको पनि हार र जित हुदैन भन्दै निर्वाचनमा बिजेता र उप बिजेता मात्र हुन्छ भने l अग्रजले देखाएको बाटो र संस्थाले बोकेको लक्ष्यलाई आत्मसात गर्दै आफु जाने बताए l

कसैलाई काखा र कसैलाई पाखा लगाउने आफ्नो र कार्यकारी समितिको ध्येय नभएको भन्दै निर्वाचन अगाडी भएका सबै कुरा बिर्सेर ऐकबद्धता जनाउन समेत आग्रह गरेका छन् l दत्तले अगाडी भने हामी सबैलाई स्वागत गर्छौ भन्दै सबैको सहयोगको अपेक्षा गरेको बताए l

१४ औ महाधिवेसन बाट निर्वाचित केन्द्रिय समितिको अध्यक्ष पदमा सुरजित दत्त निर्वाचित भएका छन् भने उपाध्यक्षहरुमा माधव प्रसाद सिंह ,हरिहर भण्डारी तथा रबिन्द्र कोइराला निर्वाचित भएका छन् l यसै गरि महा सचिबमा गान्धी प्रसाद शर्मा ,सह-महा सचिबमा संजिव कुमार झा ,सचिबमा तेज नारायण श्रेष्ठ ,कोषाध्यक्षमा जयेन्द्र सिंह राठौर तथा सह -कोषाध्यक्षमा तिर्थ राम चौधरी निर्वाचित भएका छन् l

surjit-1

यसै गरि कार्यकारी सदस्यहरुमा निर्वाचित हुनु हुनेहरुमा क्रमस अभिमन्यु कुमार सिंह ,अजय कुमार ,बिनोद कुमार कर्ण ,केपी विश्व ,अमित प्याकुरेल ,बसन्त गौडेल ,रजनीश पाण्डे ,मनोज केसी ,हेमराज शर्मा ,रश्मि शिल्पकार ,कबि राज छतकुली ,शिवजी यादब ,राम प्रसाद पोख्रेल ,सुशील कुमार सिंह तथा जगार्नाथ यादब निर्वाचित भएका छन् l

दत्त मोरंग जिल्ला रंगेली घर भै बिराटनगर लाई कर्म थलो बनाई ओखती बिक्रि प्रतिनिधिबाट ओखति पेशामा संलग्न भएका हुन् l बिराटनगर स्थित ओखती बिक्रि प्रतिनिधि संघ बिराटनगर शाखाका पूर्व सशक्त अध्यक्ष पनि हुन् l र उक्त पदमा सबै प्रकारका चुनौतीलाई पार गरि संघलाई राम्रो हाकेका थिए l

उनि निर्वाचित भए पछि औषधि व्यवस्था बिभाग ,नेपाल चिकित्सक संघ लगायत थुप्रै संस्थाले उनलाई शुभकामना दिएका छन् भने उनि अध्यक्ष भए लगतै पेशागत समस्याको पहिचान गरि दौड धुप गरि रहेको बताए l र भारतमा काम गर्ने नेपाली कामदारको संचय कोष निकाल्न गार्हो अवस्था भएकोले त्यस तर्फ तथा अन्य समस्यामा समिति संग छलफल गर्ने बताए l

surjit-2

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...