Monday, September 26, 2016

एनआरएन बाल्टिमोरले परराष्ट्रमन्त्री महतलाई अस्थाई सुरक्षा दर्जा नवीकरण सम्बन्धि ज्ञापनपत्र बुझायो

nrn-baltimoreगैर आवासीय नेपाली संघ बाल्टिमोर शाखाले परराष्ट्र मन्त्री प्रकाश शरण महत (बिद्या वारिधि )लाई अस्थाई सुरक्षा दर्जा (टिपीएस )को नवीकरण को लागि अमेरिकन सरकार समक्ष आवश्यक प्रक्रिया अघि बढाई दिन ज्ञापनपत्र बुझाएको छ l

नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्र संघिय महासभामा सहभागि हुन आउनु भएका प्रकाश शरण महतलाई मेरिल्यान्ड शाखाले सेप्टेम्बर २६ तारिख एक अनौपचारिक कार्यक्रममा ज्ञापन पत्र बुझाएको हो l

उक्त ज्ञापनपत्रमा कुनै कारण बिशेषले अस्थाई सुरक्षा दर्जा भर्न नपाएका लाई समेत भर्न पाउने गरि प्रक्रिया अगि बढाई दिन उक्त ज्ञापन पत्रमा माग गरिएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर स्थित नेपालीहरुको चर्चित चमेना गृह नेपाल हाउसमा सम्पन्न उक्त कार्यक्रममा परराष्ट्रमन्त्री लगाएत माननिय सॉसद मोहन बहादुर बस्नेत, परराष्ट्र मन्त्रालयका सचिव शंकर बैरागी ,अमेरिका का लागि नेपलाका राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि ) ,महावाणीज्यदुत प्रेमराजा महतको उपस्थितिमा ज्ञापन पत्र बुझाईएको छ l

nrn-baltimore-2नेपालमा गएको भूकम्पको कारण अमेरिकन सरकारले अमेरिकामा कागजात नभएका नेपाली नागरिकलाई १८ महिनाको लागि अस्थाई सुरक्षा दर्जा उपलब्ध गराएको थियो जसको कारण भूकम्प बाट पिडित आफन्त संग भेटघाट गर्न समेत सुबिधा अमेरिकन सरकारले दिएको थियो l र आगामी डिसेम्बर २०१६ मा म्याद गुजार्ने भएकोले यस्को लागि परराष्ट्र मन्त्री प्रकाश शरण महत लाई ज्ञापन पत्र बुझाउनु जरुरि भएकोले बुझाईएको मेरिल्याण्ड शाखाका अध्यक्ष जेदु पोख्रेलले बताए l

यसै गरि उक्त कार्यक्रममा प्रवासि नेपाली मंचका केन्दिय महासचिव प्रभु थापा, जनसम्पर्क समितिका केन्दिय सदस्य तथा नासो कमेयुनिटीका केन्दिय अध्यक्ष गोपाल बिश्वकर्मा, बानाका बरिष्ठ उपाध्यक्ष अनु वन्त, नेपाल स्पोर्टस कल्चर ईन्ट्ररनेशनल कि सचिव केमिका भन्डारी ,समाजसेवी द्वय तरुण पौडेल, चित्रा केसी लगाएत अन्य बिभिन्न समाजका अधिकारी तथा समाजसेबिको उपस्थिति रहेको थियो ।

nrn-baltimore-5

nrn-baltimore-3

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...