Monday, September 12, 2016

एनआरएनएको दोश्रो अफ्रिका क्षेत्रिय बैठक दार-ए – सलाममा हुने |

nrn-logo
गैर आबशिय नेपाली संघको दोश्रो अफ्रिका क्षेत्रिय बैठक तान्जानियाको राजधानी दार-ए- सलाममा यही डिसेम्बर २४ -२५ ,२०१६ मा सम्पन्न हुने भएको छ | बैठक एनआरएनए तान्जानियाको आतिथ्यमा  र नेपाल दुतावाश दक्षिण अफ्रिकाको सह्कार्यमा आयोजना हुँदैछ |
 
बैठकले अफ्रिकामा रहेका नेपालीका समस्या , नेपाल दुतावास र निकायको न्युन उपस्थितिले परी रहेको  समस्या ,गैरकानुनी मानब ओसारपसार  ,अफ्रिका राहत कोष तथा अफ्रिका र नेपाल बिच पर्यटन अनुभव आदान- प्रदान लगाएत बिषयमा छलफल गर्नेछ  | बैठकमा एक दर्जन भन्दा बढी अफ्रिका स्थित एनआरएनएका राष्ट्रिय समितीहरुको उपस्थिती रहनेछ |
 
बैठकको आयोजना गर्न अफ्रिका क्षेत्रिय संयोजक सुनिल कार्की संयोजक र एनआरएनए तान्जानियाका अध्यक्ष  रोशन थापा सह्संयोजक  रहेको एक आयोजक समिती गठन भएको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...