Thursday, September 29, 2016

आठ दिनपछि बालकको शव भेटियो

पाँचथर, १३ असोज । हेँवाखोलामा डुबेर एक हप्ताभन्दा बढी समयदेखि हराइरहेका पाँचथर फिदिम–४ का ८ वर्षीय रिसब कटुवालको शव बुधबार भेटिएको छ ।

असोज ४ गते मंगलबार उनी डुबेको स्थानबाट करिब ३० किलोमिटर टाढा स्याबु्रम्बा–८ लुमुघाटमा शव भेटिएको हो ।

स्थानीयवासीले बालकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । दुबै हातखुट्टा भाँचिएको र शव पनि सडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उनको शव स्थलगत मुचुल्का तयार गरी आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो । साथीहरुसँग घरनजिकै पुलमा खेल्न गएका उनी खेलिरहेका बखत पुलबाटै खोलामा खसेर नौ दिनअघि बेपत्ता भएका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...