Wednesday, September 28, 2016

चाँडै सुपथ मूल्यका तरकारी बजार सञ्चालनमा ल्याइने

tarkariकाठमाडौँ, १२ असोज । आपूर्तिमन्त्री दीपक बोहोराले चाडबाड केन्द्रित सुपथ मूल्यका तरकारी बजार यथाशक्य चाँडो सञ्चालनमा ल्याइने बताउनुभएको छ ।

आज कालीमाटी तरकारी बजारको अनुगमन गर्दै मन्त्री बोहोराले फोहरमैलाको व्यवस्थापन नहुँदा बेच्न राखिएका तरकारीसमेत प्रदूषित हुने भएकाले केही दिनभित्र फोहर तह लगाउन पनि व्यवसायीलाई निर्देशन दिनुभयो ।

सरकारले चाडबाडलाई लक्ष्य गरी खाद्य सामग्रीका सुपथ मूल्य पसलसँगै तरकारी तथा फलफूलको पसल सञ्चालन गर्ने तयारी पनि गरिरहेको छ ।

यही असोज १ गतेदेखि काठमाडौँ उपत्यकाभित्र १२ र बाहिर २३ वटा सुपथ मूल्यका पसल सञ्चालन भइरहेका छन् ।

यसैबीच, मञ्जुश्री पेट्रोल सेन्टर बसपार्कबाट वितरण भइआएको इन्धनमा मिसावट भएको गुनासो आएपछि आज सेन्टरलाई सिल गरिनाका साथै पेट्रोल र डिजेलको नमुना सङ्कलन गरी परीक्षणका लागि नेपाल गुणस्तर तथा नापतौल विभागमा पठाइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...