Thursday, September 8, 2016

आयोगको कार्यालयमा ३६ उजुरी दर्ता

human-rigtधनगढी, २४ भदौ । सुदूरपश्चिममा गत आवमा मानवअधिकार उल्लङ्घनका ३६ वटा उजुरी राष्ट्रिय मानवअधिकार आयोगको धनगढीस्थित कार्यालयमा दर्ता भएका छन् ।

क्षेत्रीय मानवअधिकार आयोग धनगढीले बिहीबार यहाँ गरेको मानवअधिकारको अवस्थासम्बन्धी कार्यक्रममा दिइएको जानकारीअनुसार दर्ता भएकामध्ये बढी उजुरी न्याय प्रशासनसँग सम्बन्धित रहेका छन् । विगतदेखिका उजुरी समेत गरी आयोगमा हाल जम्मा १८४ उजुरी अनुसन्धानका क्रममा रहेका छन् ।

कार्यक्रममा प्रस्तुत प्रतिवेदनमा परम्परागत सामाजिक संरचनाका कारण जातीय विभेदका तथा मानवीय मर्यादा र मानवअधिकारको अहम् सवाल सुदूरपश्चिमका चुनौतीका रुपमा रहेको जनाइएको छ ।

खासगरी जातीय विभेद, महिलामाथि विभेद, मुक्त हलिया, कमैयाको मानवोचित पुनःस्थापनाको समस्या, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारमाथि जनताको पहुँचको अभाव लगायतका समस्या यस क्षेत्रमा रहेको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रममा कार्यालयका निमित्त निर्देशक मोहनदेव जोशीले सुदूरपश्चिममा जातीय विभेद र आर्थिक–सामाजिक अधिकारका घटना बढी हुने गरेको भएपनि त्यस अनुरुपका उजुरी भने नपर्ने गरेको बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...