Wednesday, September 7, 2016

नेपालका चर्चीत गायककार राजेश पायल राईले पानी अभियानलाई साथ दिने

FB_IMG_1473227376747

पानी नपाएर छट्पटिएको गाउँको लागि  पानी न पाएर बर्षौदेखि तड्पिएका बुवा आमाहरुको  घाँटी भिजोस।भोटी धुने पानी होस् । हरेक गाउँ हरियाली होस् । हरेक बनस्पति जनावर मान्छे एवम सृष्टिका सबै पानी नपाएर तड्पिन नपरोस् भन्दै   हरेक घरमा धारा होस् हरेक गाउँमा सिंचाइ होस् नारा बोकेर हिडेको पानी अभियानमा नेपालका चर्चित  गायककार राजेश पायल राईले आफुले पनि नारालाई टुंगोमा पुर्याइछाड्न पहल गर्ने र आफ्नो तर्फबाट बिशेष सहयोग गर्ने घोषणा गरेको जानकारी काठमाडौबाट सगरमाथा रेडियोका  लोकराज अधिकारीले गराउनु भएको छ ।

बिदेशी भुमिमा बसेर नितान्त निश्वार्थ रुपले गाउँले पानी पाओस् भन्दै  एउटा साधारण  युवाले शुरु गरेको पानी अभियान चानचुने अभियान होइन । यो महाअभियानमा हामी कलाकर्मिको साथ पनि हुनु जरुरी छ । प्रत्यक्ष गाउँको अनुहार बदलिने  पानी अभियानमा  राजेश पायल राईले  आफ्नो तर्फबाट हृदय देखि सहयोग गर्ने र अरु कलाकारहरुलाई पनि यो अभियानमा सहयोग  गर्न अभिप्रेरित गर्ने खबर नेपालबाट   पत्रकार लोकराज अधिकारी मार्फत गराउनु भएको छ ।

सयौको संख्यामा चर्चीत गीत गाइसकेका राजेश पायल राइले गायनको साथसाथै विभिन्न सामाजिक कामहरुमा पनि सक्रिय भुमिका खेल्नु भएको छ । हालसालै  मात्र महावीर पुनको अभियानलाई साथ  दिनु भएका राजेश पायल राइले  हरेक घरमा धारो र सिंचाइ  नारा पूरा गर्नुपर्छ भन्ने सोच राख्दै पानी अभियानलाई पनि  आफ्नो तर्फबाट सकेको  आर्थिक  सहयोग गर्ने खबर पठाउनु भएको जानकारी पत्रकार अधिकारीले काठमाडौबाट गराउनु भएको छ ।

unnamed

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...