Saturday, September 10, 2016

बीस लाखको अक्षयकोष घोषणा

moneyफलेवास (पर्वत), २६ भदौ । झन्डै दुई दशकदेखि व्यावसायिक पत्रकारिता र न्यायिक क्षेत्रमा क्रियाशील भोलानाथ शर्माको नाममा स्थापित भोला फाउन्डेसनले रु २० लाखको अक्षयकोषको घोषणा गरेको छ ।

शर्माको ४५औँ जन्मदिनको अवसरमा शनिबार उक्त अक्षयकोष घोषणा गरिएको हो । नेपाल पत्रकार महासङ्घ पर्वतका संस्थापक अध्यक्षसमेत रहनुभएका अधिवक्ता भोलानाथ शर्माले आफू अविवाहित भएकाले भावनात्मक सन्तानको विकास गर्ने र सामाजिक सेवामा लाग्न आमनेपालीलाई उत्प्रेरणा प्राप्त होस् भन्ने उद्देश्यले आफ्नो जीवनभरको कमाइ उक्त संस्थालाई दिएको बताउनुभयो ।

उक्त प्रतिष्ठानले सामाजिक क्षेत्र, मानवअधिकार, कानुन र पत्रकारितामा नेपालमै सर्वोत्कृष्ट योगदान पु-याउने एकजना राष्ट्रिय व्यक्तिलाई बर्सेनि पर्वतमा एक कार्यक्रमको आयोजना गरी रु एक लाख पुरस्कार राशिसहित सम्मान गर्ने भएको छ । सम्मानित हुने व्यक्तित्वले रु एक लाखभन्दा बढी नगद र प्रशंसापत्र पाउने भएका छन् । उक्त कोषको रकम अहिले रु २० लाखबाट सुरु भए पनि आगामी वर्षदेखि बढाउँदै लैजाने सोच रहेको प्रतिष्ठानका दाता शर्माले जानकारी दिनुभयो ।

उक्त पुरस्कार हरेक वर्षको भदौ २५ गते वितरण हुने भएको छ । सोसँगै प्रदेश नं ४ बाट एकजना उत्कृष्ट पत्रकारलाई पनि वार्षिक रुपमा रु २५ हजार नगदसहित पुरस्कृत गरिने भएको छ ।

उक्त अक्षयकोषको रकम बराबरको चेक शनिबार नेपाल पत्रकार महासङ्घ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्मालाई हस्तान्तरण गरियो । शर्मा शारीरिक रुपमा अशक्त हुनुहुन्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...