Wednesday, September 28, 2016

इपिएल क्रिकेट : पञ्चकन्याको लगातार तेस्रो जित

panchakanyaकाठमाडौँ, १२ असोज । एभरेस्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पञ्चकन्या तेलले कान्तिपुर गोर्खाजलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य शरद भेषवाकर कप्तान रहेको पञ्चकन्याले अर्का भेट्रान खेलाडी वसन्त रेग्मी कप्तान रहेको टोली कान्तिपुरलाई ३४ रनले हराउँदै लगातार तेस्रो जित दर्ता गरायो ।

तीन खेल खेलेर सबै जित निकालेको पञ्चकन्या अङ्क तालिकाको अहिलेसम्म शीर्ष स्थानमै कायम रहन सफल भएको छ ।

टस हारेर ब्याटिङ गरेको पञ्चकन्याले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२९ रनको योगफल तयार ग¥यो । १३० रनको विजय लक्ष्य पछ्याएको कान्तिपुरले पनि भने पूरै ओभर खेल्यो । तर लक्ष्य भेट्टाउन सकेन । नौ विकेट खर्च गरेको कान्तिपुरले ९५ रन मात्र बनाउन सक्यो ।

पञ्चकन्याको जितमा अविजित रहेका पुष्प थापाले ३८, आरिफ शेखले ३२, दीपेन्द्र ऐरीले २२ तथा करण केसीले १७ रनको योगदान दिए । त्यस्तै दीपेन्द्रले चार तथा करणले दुई विकेट लिए । यता कान्तिपुरका सन्दीप झोराले १७ रन बनाउनबाहेक अन्य वाट्सम्यान सस्तैमा समेटिए । त्यस्तै कान्तिपुरका अविनाश बोसराले चार विकेट लिए पनि आफ्नो टोलीको हार टार्न सकेनन् । प्रतियोगिताअन्तर्गत अहिले विशाल वारियर्स र जगदम्बा राइनोजबीच भिडन्त खेल भइरहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...