Wednesday, September 7, 2016

अमेरिकामा सर्बाधिक आकर्षित जागिर बिमान चालक र शारीरिक उपचारक

bijay

अमेरिका जे सुकै काम गर्नेको पनि ईज्जत हुन्छ l बेरोजगारी नबसी काममा लुखुर लुखुर जाने जो कसैलाई राम्रो र सकारात्मक दृष्टिले हेरिन्छ l अमेरिका हरेक चिज सम्भव भएको देश हो l अमेरिकामा आए पछि मानिसले मेहनत गर्यो भने चमत्कार गर्न सक्छ l लाखौ लाख मानिसले अमेरिकामा चमत्कार गरेका लाखौ उदाहरण छन् l

विश्वमा सबै भन्दा आकर्षित पेशा चिकित्सक बिमान चालक ,अभियन्ता ,अधिवक्ता आदी ईत्यादीलाई मानिन्छ l अमेरिकामा पनि यस्ता पेशालाई औधि मन पराइञ्छ l अमेरिकामा टिनडर भने संस्थाले गरेको अनुसन्धानमा हामीले सोचेको भन्दा केहि हल्का फरक आंकडा निकालेको छ l

टिनडरले पुरुष र महिलाका आकर्षित जागिरहरु छुट्याएको छ l पुरुषका आकर्षित पेशाहरुमा टिनडरको अनुसार पहिलो बिमान चालक देखाएको छ भने दोश्रो क्रम संख्यामा ब्यबसायी या उधमीलाई राखेको छ l तेश्रोमा अग्नि नियन्त्रक र चौथोमा चिकित्सक पेशालाई राखेको छ l

यसै गरि संचार माध्यममा समाचार वाचक र कार्यक्रम संचालकलाई पाँचौ र शिक्षक पेशालाई छैठौ आकर्षित पेशामा देखाएको छ l अभियन्तालाई सातौ आकर्षित पेशा भनि सो स्थानमा राखेको छ l

यसै गरि पुरुष प्रतिरुप (मोडल )लाई आठौ स्थान दिएको छ भने नवौ आकर्षित पेश भनि चिकित्सा-सहायकलाई देखाएको छ l नेपाल र अन्य देशमा अत्यन्तै आकर्षित पेशा वकिललाई पुरुषहरुको वर्गमा ११ औ स्थानमा परेको देखाएको छ l

र उक्त सुचीमा कम आकर्षित पेशामा अन्तिम १५ औ स्थानमा सेना र १४ औ स्थानमा प्रहरी अधिकृत पेशालाई राखेको छ l तर महिलाहरुले भने शारीरिक उपचारक(फिजिकल थेरापिस्ट) लाई सबै भन्दा आकर्षित पेशालाई मान्दै पहिलो स्थानमा राखेको छ l

यसै गरि आंतरिक रूपकार(इन्टरनल डिजाईनर ) लाई दोश्रो आकर्षित पेशा भनेको छ l महिलामा उद्यमीलाई तेश्रो आकर्षित पेशा भनेको छ भने संचार क्षेत्रमा काम गर्ने महिलालाई चौथो स्थानमा परेको देखाएको छ l

महिलामा शिक्षक पेशालाई ५ औ आकर्षित पेशामा अनुसन्धानले देखाएको छ भने स्वास्थ्य परिचारिका (नर्स )लाई १२ औ स्थानमा परेको देखाएको छ l घर खरिद बिक्रि गर्ने अभिकर्तालाई १५ औ स्थानको आकर्षित पेशा भनेको छ l

यसै गरि ओखति निर्माण गर्ने बिशेषज्ञ (फर्मासिस्ट) लाई आठौ आकर्षित पेशामा देखाएको छ l यसै गरि महिलामा बिमानमा यात्रुहरुलाई सेवा गर्ने बिमान सहयोगीलाई १३ औ स्थान देखाएको छ l यसै गरि महिला प्रतिरुप (मोडल)लाई दसौ स्थान पर्न सफल भएको एक आकर्षित पेशा देखाएको छ l

यसै गरि दन्त्य स्वास्थ्य दक्ष ( डेन्टल हाईजिनिस्ट )क्षेत्रमा काम गर्ने महिलालाई ११ औ स्थान र सामाजिक संचार प्रबन्धक पेशामा काम गर्ने महिला ९ औ स्थानमा पर्न सफल भएको आकर्षित पेशा भनेको छ l

आकर्षित पेशा र सर्बाधिक मन पराईएका जागिर भएता पनि आर्थिक रुपले अत्यधिक कमाउने जागिर भनेको चाही छैन l अमेरिकामा धेरै कमाउनेमा नशा तथा स्नायु रोग शल्य चिकित्सकलाई मानिन्छ l

टिनडरले महिला तथा पुरुषका केवल १५ वटा पेशालाई आधार बनाई सर्वेक्षण गरेको हो l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...