ध्रुब क्षेत्री -दोहा कतार, नया शक्ति पार्टी नेपालकि केन्द्रिय सचिवालय सदस्य तथा दलित सक्ति नेपालकी केन्द्रिय संयोजक श्रीमती सुशिल श्रीपाली र जनजाति नेत्री रिता गुरुङ आगामी सेप्टेम्बर १० तारिख कतार आउने भएका छन् । कतारमा नेत्री श्रीपालिले नया शक्तिको यहा स्थित प्रवासी संगठन अन्तरराष्ट्रिय नेपाली दलित सक्ति कतारले (INS QATAR) आयोजना गरेको अन्तरास्ट्रिय नेपाली दलित सक्ति कतार- साखा को बिशेष भेला तथा अन्तरास्ट्रिय नेपाली दलित सक्तिको धाेषणा तथा संदेश सभालाइ सम्बोधन गर्ने छिन! भेला १२ तारिख सोमबार वा इदको दोस्रो दिन, दिनको १२ देखि ५ बजे सम्म आयोजना गरिएको छ ।
उक्त धाेषणा तथा संदेश सभा दोहाको नाजामा स्थित अलनाकाएंन होटेलको सभा हलमा हुनेछ । नेपालको बिकास र समृद्धिको लागि प्रवासी नेपालीको भूमिका’ सामाजिक बिबेध मा पिल्सिएका दलितहरुको मुक्ति र सम्मान जनक हक र अधिकारको लागि प्रबासी नेपाली दलित तथा जनजाती अभियन्ता हरुको भूमिकाको बिषयक अन्तरकृयात्मक भेलालाई श्रीमती श्रीपाली संगै आउनु हुने जनजाति नेत्री रिता गुरुङले पनि सम्बोधन गर्नुहुने अन्तरराष्ट्रिय नेपाली समाज (INS कतार) दलित सक्ति साखा कतार का संयोजक क्रिस्ण परियारले बताए । भेलामा पत्रकार , समाजसेवी , ब्यापारी, बुद्धिजीवी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागीता रहने कुरा पनि कृस्न परिवार ले बताउनु भयो। परियारका अनुसार भेलामा कतारका बिभिन्न कम्पानीमा काम गर्ने नेपालीहरुको उल्लेख्य सहभागीता रहनेछ ।
दलितसक्ति कतारका संयोजक कृस्न परियारका अनुसार उक्त भेलालाइ सफल बनाउन अन्तरराष्ट्रिय नेपाली समाज कतारका संयोजक रोसन खराल , संगठन बिभाग प्रमुख लाल भट्ट, प्रवक्ता ध्रुब क्षेत्री, महासचिब महामुद कार्की , सचिब राम संजेल , युवा संयोजक होम उप्रेती, जनजाती संयोजक दिलिप लोप्चonन, छेत्रीय संयोजक निमा लामा, सल्लाहकार पिर बक्श मिया लगाएत सबै कतारको नयासक्ति कमिटि र दलित सक्ति कतार साखाका अभियन्ताहरु दुर्गा सुनार, सोम सोनाम, देब ब, परियार, हिमाल राज बिस्वकर्मा, बिजया सोनाम, छितिज किरण गैरे, रमेश सिङ्ग खाती,लगाएतले कार्यक्रम सफल बनाउन लाग्नु भएको कुरा बताउनु भयो! साथै उहाले भेलामा सहभागिताको लागि आयोजकले सबै कतारबासी नेपालीमा उपस्थितिको लागि अपिल गरेको पनि जनाकारी गराउनु भयो!!
No comments:
Post a Comment