Tuesday, September 27, 2016

दुई महिनादेखि सिटामोल अभाव

citamolभीमदत्तनगर, ११ असोज सुदूरपश्चिममा विगत दुई महिनादेखि सिटामोल अभाव छ । यहाँका नौवटै स्वास्थ्य संस्थामा सिटामोल लगायत निःशुल्क वितरण गर्नुपर्ने औषधि अभाव भएको हो ।

आपूर्ति ठेक्कामा ढिलाइ हुँदा औषधि अभाव भएकाले धनगढीस्थित क्षेत्रीय मेडिकल स्टोरले हरेक जिल्ला जनस्वास्थ्य कार्यालयलाई सिटामोल खरिद गर्न निर्देशन दिएको छ । रु तीन लाखसम्मको सिटामोल खरिद गर्न जिल्लालाई जानकारी गराइसकेको सुदूरपश्चिम क्षेत्रीय स्टोरका प्रमुख लक्ष्मीकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

“दुई महिनादेखि सिटामोल अभाव भए पनि चरम समस्या भने छैन ।” उहाँले भन्नुभयो – “आपूर्ति गर्ने कम्पनी कारबाहीमा परेकाले अभाव भएको हो ।”

“नेपाल औषधि लिमिडेटले सिटामोल उत्पादन सुरु गरिसकेको भनिएको छ ।” उहाँले भन्नुभयो – “दसैँअगावै वितरण हुने कुरो सुनिएको छ ।” जिल्लामा औषधि खरिदका लागि ठेक्का प्रक्रिया ढिलो गरी थालिएकाले पनि निःशुल्क रुपमा वितरण गरिने औषधि अभाव भएको हो । क्षेत्रीय स्टोर प्रमुख श्रेष्ठका अनुसार सुदूरपश्चिममा वार्षिक करिब दुई करोड चक्की सिटामोल खपत हुन्छ ।

स्वास्थ्य चौकीबाट ३८, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि निःशुल्क दिने व्यवस्था छ । सुदूरपश्चिममा कञ्चनपुर र बैतडीमा सिटामोलको बढी अभाव रहेको उहाँले बताउनुभयो । त्यसका साथै जिल्लामा सामान्य ज्वरो, पेटदुखाइ र वर्षात्मा हुने पानीजन्य रोगका औषधि अभाव छ ।

त्यसैगरी जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत हेमराज जोशीले सिटामोल केहीदिनअघि मात्रै स्थानीय बजारबाट खरिद गरी स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रमा पठाइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – “बजारबाट रु तीन लाखको सिटामोल खरिद गरेका छौँ ।” उहाँले अन्य औषधि खरिदका लागि केहीदिन भित्रै टेन्डर हुने बताउनुभयो । गत वर्ष पनि कञ्चनपुरका ठेक्का प्रक्रिय ढिलो हुँदा जिल्लामा औषधि अभाव भएको थियो । “सबै औषधि अभाव छ भन्ने होइन ।” जोशीले भन्नुभयो – “एकाध किसिमको औषधि अभाव भएको हो ।”

कञ्चनपुरमा वार्षिक रु ५५ लाखको औषधि खरिदका लागि टेन्डर हुन्छ । अबको डेढ महिनाभित्र यहाँ औषधि अभाव नहुने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...