Monday, September 5, 2016

अमेरिकामा निखिता थापाको नया गित सयौ आँखा को भिडियो सार्बजनिक

jyoti 3अमेरिकाको डिसी महानगर क्षेत्रमा बिशेष छायांकन गरिएको निखिता थापाको नया नेपाली गित सयौ आँखा भिडियो सार्बजनिक भएको छ l यस गीतका गीतकार दिनेश अधिकारी हुन् भने गीत संयोजन तथा व्यवस्थापन हरि लम्सालले गरेका छन् l

सेप्टेम्बर ५ तारिख डिसीबाट सार्बजनिक गरिएको यो गीत शम्भु कुमार तन्डुकारले अभिलेख (रेकर्ड्स )गरेका हुन l यस गितमा नेपाल कि चर्चित मोडल ज्योति छेत्रीले नृत्य तथा अभिनय गरेकी छिन् भने छेत्री नेपालकि मिस टिनको उपाधि जितेकी छिन् l

अहिले कि सर्बाधिक चर्चित गायिका निखिता थापा विभिन्न पुरस्कार बाट सम्मानित भै सकेकी छिन् l नृत्य सम्पादन युवा नृत्य-निर्देशक नबिन केसीले गरेका छन् भने यसका निर्देशक लामो समय देखि डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका बुद्ध लामाले गरेका हुन् l प्रकाशन प्रस्तुति (पोस्ट प्रोडक्सन )सुबाश अर्यालले गरेका हुन् l

jyoti 1

निर्देशक बुद्ध लामाले यसमा बिशेष सहयोग गर्ने समिर मानन्धर तथा छेकी साउरियाँतेलाई बिशेष धन्यबाद दिएका छन् l

भिडियो हेर्न एक पटक यहाँ थिच्नु होला :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...