Monday, September 12, 2016

डिसीमा १९७४ एडी को प्रस्तुति

गत सेप्टेम्बर १० तारिखमा भर्जिनियाको एनाडोलमा आयोजना भएको १९७४ एडीको प्रस्तुतिले दर्शक तातेका र नाचेका थिए l लामो समयको पर्खाई पछि आफ्ना प्रिय कलाकारहरुको प्रतक्ष्य बेजोडको प्रस्तुतिले मन थाम्न नसकी मंच अगाडी ,सभा कक्ष बीच ,कुना काप्चा तथा बार्दलीमा समेत दर्शक खुसि र हर्षले झुम्दै गीतमा साथ दिएका थिए l

प्रारम्भिक चरणमा सभा कक्ष खाली रहेता पनि कार्यक्रम सुरु भए पछि खचाखच भरिएको थियो l नेपाली गीत र संगीतको आकाशमा पृथक पहिचान बनाउन सफल भएको १९७४ एडि नेपाली परम्परागत बाद्यबादनहरु बाँसुरी ,मादल देखि आधुनिक बाद्यबादन समेत प्रयोग गरेका थिए l

यो मन त मेरो नेपाली हो ,पुराना लोकप्रिय तथा नया गितियात्राका गीतहरु प्रस्तुत गरेका थिए l अमेरिकाको यात्रालाई हजार सपना यात्रा नाम राखिएको कार्यक्रममा नेपाली समुदायले भरपुर मनोरंजन लिएका थिए l झन्डै एक दशक पछाडी डिसीमा आफ्नो कार्यक्रम प्रस्तुत गर्न पाउँदा खुशी लागेको १९७४ एडि का कलाकारले बताएका थिए l

र ,हामी नेपालबाट आएकोमा हामीलाई हौशला दिन पाल्नु हुने सबै प्रसंशक ,दर्शक आफ्ना साथीभाईलाई १९७४ एडि बिशेष धन्यवाद दिएका थिए l यसै गरि हजार सपना यात्राका नया गीतका गीतकार लामो समय देखि भर्जिनियामा बसोबास गर्दै आएका अनुप पहाडी(बिध्या वारिधि )ले आफुले रचेको गितलाई चर्चित स्थापित कलाकारले गीत स्वीकार गरि गाई दिएकोमा बिशेष धन्यवाद दिएका थिए l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...