Wednesday, September 28, 2016

हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने कुरा स्वीकार्य हुँदैनः वर्षमान पुन

barsaman-pun-650x366तुलसीपुर, १२ असोज । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने तयारी अनावश्यक हल्ला मात्रै भएको बताएका छन् ।

रिपोटर्स क्लव नेपाल दाङ शाखाले बुधवार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै नेता पुनल भने– ‘कुन भाषालाई राष्ट्रिय भाषा बनाउने भन्ने सवाल भाषा आयोग र संवैधानिक आयोगको सिफारिसको आधारमा मात्रै हुने कुरा हो ।’ उनले यो केवल राजनीतिक रुपमा उत्तेजना फैलाउन गरिएको षडेन्त्र मात्रै भएको बताए ।

त्यस्तै उनले अंगिकृत नागरिकताको सवाल उठाएर राष्ट्रभक्त जनतालाई विभाजन गर्न र भड्काउनक ालागि गरिएको षड्न्त्रको संज्ञा दिए । यो विषय संघीय कानूनले निर्णय गर्ने भएकोले राजनीतिक फाईदाका लागि प्रतिपक्षीले अर्नगल प्रचार गरिरहेको उनले आरोप लगाए । नेता पुनले भने– ‘अब भारतवाट मात्रै बुहारी भित्रयाईन्छ भन्नु गलत हो, यूरोपबाट पनि बुहारीहरु नेपाल आउन सक्छन ।’

उनले संघीय कानुन बन्दैन कि भन्ने चिन्ता जायज रहेपनि अन्तरिम संविधानमा टकेर बैवाहिक अंगिकृत नागरिकता बनाउन सकिने बताए । उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले दुईदेश विच चिसिएको सम्वधमा न्यानोपना आएको दाबी गरेका थिए । पूर्व मन्त्री पुनले नेपालका प्रधानमन्त्री र चीनका राष्ट्रपतिका विचमा भारतको गुवाको विक्समा साईडलाईन भेट्ने र सम्वाद गर्ने निश्चित भएको बताए ।

चिनीया राष्ट्रपतिको नेपाल भ्रमण स्थगित भएको सवालमा माओवादी नेता पुनले भने ‘नेपाल हल्लै हल्लाको देश जस्तै हो । आफै भ्रमण मिति फिक्स गर्ने र आफै क्यान्सिल गर्ने काम भइरहेको छ । जवकि भ्रमणको मिति नै तय भइसकेको थिएन ।’ उनले यो सरकारले चिनीया राष्ट्रपति वा प्रधानमन्त्रीको भ्रमण गराउने वारेमा छलफल भएपनि त्यसको टुङ्गो लागि नसकेको बताए ।

उनले अघिल्लो सरकारले छिमेकी संगको सम्वन्धलाई उत्तेजनात्मक बनाउने, सन्तुलन विगार्ने र मधेसको सम्वन्ध सुधारका लागि कुनै भूमिका नखेल्दा समस्या भएकोले अब त्यो सम्वन्ध सुधार भइरहेको बताए । उनले मधेस र संविधानप्रति विमत्ति राख्नेहरु समेत संवादका आएको दाबी गरेका थिए । उनले यो सरकारले चैतमा स्थानीय निकाएको निर्वाचन गराएरै छोड्ने बताए । उनले कसैले चाहेर पनि चैतमा स्थानीय निकाएको निर्वाचन रोक्न नसक्ने जिकिर गरेका थिए ।

सिमांकनको सवालमा छलफल भएपनि सात प्रदेशको सवालमा आजका यो जिल्ला थप्ने वा यो जिल्ला हटाउने भन्ने सवालमा कुनै पनि सहमति भइनसकेको बताए । त्यो सवै स्थानीय निकाएको निर्वाचन पछि संवैधानीक आयोगले टुङ्गो लगाउने सवाल भएकोले अनावश्यक हल्ला गर्नु गलत भएको बताए । उनले सात प्रदेशको सवालमा धेरै परिवर्तन नहुने पनि स्पष्ट पारेका थिए । त्यस्तै उनले स्थानीय निकाए पुर्नंसरचनाको सवालमा दलहरुका विचमा सहमति भइसकेको बताए । तर सहमति भएपनि मधेसी दलहरुले सार्वजनिक रुपमा केही रिजर्वेशन राखिएको बताए ।

उनले उपेन्द्र यादवले भनेका मात्रै सवै कुरा नलाग्ने र मान्ने नहुने बताए । कार्यक्रममा स्वागत मनतब्य क्लवकी सल्लाहाकार नारायणी रजौरले गरेकी थिइन भने सहजीकरण सचिव विमल गौतमले गरेका थिए ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...