Sunday, September 4, 2016

एनआरएन मेरिल्यान्ड च्याप्टर उपस्थितिको अनुरोध

आदरणिय मेरिल्यान्डबासी नेपाली दाजु भाई तथा दिदी बहिनीहरु,

आगामीअक्टूबर ३,सोमवार देखि Motor vehicle Administration (MVA) मेरिल्यान्डले नेपाली भाषालाई मान्यता प्रदान गरेकोबारे यहाँहरुलाई सुनाउन पाउँदा एनआरएन मेरिल्यान्ड च्याप्टर गर्व महशुस गर्दछ ।

विश्बकै वैभवशाली, सामाजिक र आर्थिक उन्नतीले चरमचुलिमा पुगेको देशअमेरिकामा ड्राइभिंग लाईसेन्सको जॉच दिंदा आफ्नै मातृभाषामा दिन पाउनु हामी नेपालीको लागि गौरवको कुरा हो।सर्वप्रथम त यस्तो एेतिहासिक ब्यबस्था लागु गरिदिनुहुने मेरिल्यान्ड स्टेट गभर्नर ल्यारी होगन र उहॉको टिमलाई धन्यबाद दिन चाहान्छौ ।

एनआरएन मेरिल्यान्ड च्याप्टरको पहलमा भएको उक्त ब्यबस्थालाई सफल बनाउने काममा मेरिल्यान्ड स्टेट गभर्नरका वरिष्ठ सल्लाहाकार आदरणिय मार्टिन म्याडेन तथा Maryland MVA की प्रमुख प्रशासक क्रिस्टीना नाईजर को बिशेष सहयोग रहेको थियो । तसर्थ उहॉहरुको उक्त सहयोगको उच्च मुल्याङकन र क़दर गर्दै हामीले उहॉहरुलाई एक बिशेष सम्मान गर्ने कार्यक्रम आयोजना गर्न गैरहेका छौ ।

अमेरिकाको लागि नेपाली महामहिम राजदुत डा अर्जुन कार्कीको प्रमुख आतिथ्यमा हुन गैरहेको उक्त बिशेष कार्यक्रममा सम्पुर्ण नेपाली जनसमुदायहरुलाई निम्न मिती,स्थान र समयमा सगौरव उपस्थित भैदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।

जेदु पोखरेल

अध्यक्ष

एवं एनआरएन मेरिल्यान्ड च्यापटर परिवार ।

कार्यक्रम बिवरण :-

मिती:-सेप्टेम्बर १८,२०१६ (आइतबार )

स्थान:- नमस्ते वाल्टिमोर रेष्टुरेन्ट ।

413 W Cold Spring Ln. Baltimore, MD 21210

समय:-दिनको ठिक १ बजे ।

( lunch को ब्यबस्था गरिएको छ। )

नोट:- कृपया Lunch को लागि ठिक १ बजे देखि १:४५ बजे सम्ममात्र खुल्ने र कार्यक्रम ठिक समय (अमेरिकन टाईम ) मा शुरुहुने कुरा जानकारिको लागि अनुरोध गरिन्छ ।

धन्यबाद ।

सम्पर्क :-

बिनोद उप्रेती (443) 610-9118

अर्जुन हमाल (443)682-4941

महेश भट्टराई (410) 300-7935

सरोज पुरी (443)799-0529

प्रवीण भण्डारी (443)713-8672

अलोक केसी (347)599-5692

दिपा शर्मा (410)814-1286

राजन घिमिरे (443)743-5113

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...