Friday, September 9, 2016

उद्योगमा आगलागी हुँदा रु एक करोडको यन्त्र नष्ट

aagoपर्सा, २५ भदौ । वीरगन्ज–पथलैया सडकखण्डको छातापिपरस्थित त्रिवेणी फिड इन्ड्रस्टिजमा आज बिहान भएको आगलागीमा रु एक करोड मूल्यको धनमाल जलेर नोक्सान भएको छ ।

विद्युत्को तार सर्ट भई भएको आगलागीमा परी उद्योगमा रहेका उपकरण जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बिहान ५ बजेदेखि सुरु भएको आगलागी नियन्त्रण गर्न वीरगन्ज तथा बाराको कलैयाबाट आएका वारुणयन्त्रले प्रहरीको सहयोगमा दुई घन्टापछि नियन्त्रण गरिएको इलाका प्रहरी कार्यालय सिमराका इन्चार्ज प्रहरी निरीक्षक गोविन्द कार्कीले जानकारी दिनुभयो ।

गढीमाई नगरपालिका–८ मा पर्ने दाना उत्पादन गर्ने उद्योगमा आगलागीबाट भएको नोक्सानी हाल यकिन नभए पनि रु एक करोडभन्दा बढीको यन्त्र जलेको अनुमान गरिएको छ ।
उद्योगका व्यवस्थापक र प्रहरीको टोली घटनाको छानबिन तथा नोक्सानीको यकिन गर्न लागिपरेको निरीक्षक कार्कीले जानकारी दिनुभयो । घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...