Saturday, September 3, 2016

सामुदायिक विद्यालय व्यवस्थापन समिति संघको रौतहटमा जिल्ला समिति गठन

kaarya samitti

देशभरका सामुदायिक विद्यालय व्यवस्थापन समितिको एउटा छाता संगठन बनाउने अभियानको क्रममा रौतहटमा पनि जिल्ला समिति गठन गरिएको छ । जिल्लाभरिका सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारी र सदस्यहरुको भेला शनिवार रौतहटको गरुडामा सम्पन्न भेलाले १७ सदस्यीय सामुदायिक विद्यालय व्यवस्थापन समिति संघ जिल्ला कार्य समिति रौतहट गठन गरेको हो ।

महम्मदपुर झाँझपुलस्थित माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष राम प्रसाद यादवको अध्यक्षतामा उच्च मावि गरुडामा सम्पन्न भेलामा संघका केन्द्रीय अध्यक्ष मणिराज गिरीले देशभरका सामुदायिक विद्यालयको व्यवस्थापन समितिलाई मिलाएर एउटा सशक्त संगठन निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

चन्दन कुमार कुशवाहाका अध्यक्षतामा गठित १७ सदस्यीय जिल्ला कार्य समितिको उपाध्यक्षमा विक्रान्त मिश्र, सचिवमा भगत नारायण यादव, कोषाध्यक्षमा शम्भु प्रसाद गुप्ता तथा सदस्यमा विद्यानन्द राय यादव, चुनचुन प्रसाद साह, मीरा देवी पासवान, रामाकान्त प्रसाद यादव, राजेश्वर राय यादव, एटलान्टिक चौधरी, चन्देश्वर प्रसाद यादव, शम्भु राय यादव, हृदयलाल कुशवाहा, राम वृज पासवान, पुनित सहनी, जोगलाल राय यादव, राकेश कुमार गिरी लगायत रहेका छन् ।

भेलाले राम प्रसाद यादव, मिश्रीलाल राय यादव र राम चन्द्र दाससमेतको तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । यसैगरी राज कुमार दासलाई केन्द्रीय प्रतिनिधिमा चयन गरेको छ ।

समितिले प्रभावकारी रुपमा काम गर्ने प्रतिबद्धता जनाएको केन्द्रीय प्रतिनिधि राज कुमार दास तत्माले बताएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...