Monday, September 5, 2016

बोष्टनमा पहिलोपटक इन्द्र जात्रा ( समयबजी) धुमधाम सँग सम्पन्न ।

14100507_1377835595574925_8200452804321632214_n

यम पौडेल / सेप्टेम्बर ४,२०१६ / बोष्टन

अमेरिकाको बोष्टनमा नेवा : अर्गनाइजेशन अफ अमेरिका न्यु ईगलैण्ड व्दारा पहिलोपटक आयोजित येँया : पुन्ही इन्द्रजात्रा हिजो बृहद रुपमा सम्पन्न भयो । मासाचुसेट राज्यको वाटरटाऊन सिटि स्थित आर्शनल ग्रिन पार्क हिजो नेवारी पहिरन, सँस्कृति र परिकारले सजिएको थियो । मेरिल्याणड, न्यु योर्क, कनेटिकट, मासाचुसेट, न्यु ह्यामसायर राज्यबाट आएका नेपाली अमिरिकिहरुले समयबजी मिठो सँग थपि थपि खाएका थिए भने अमेरिकामा पनि लाखे नाच हेर्न पाऊनुलाई सौभाग्य ठाने । यसैबिच पिता पुर्खादेखि मानिआएको नेपालको महत्वपुर्ण साँस्कृतिक धरोहर आफुहरुले पनि बचाईराख्ने ऊद्देश्य सहित कार्यक्रम आयोजना गरिएको भन्दै नेवा अर्गनाइजेशन अफ न्यु इँगलैण्ड च्याप्टर का अध्यक्ष कुमार सिन्दुराकारले सहभागी सबैको स्वागत गरेका थिए त्यसैगरी च्याप्टरका सचिब बुद्द महर्जने कार्यक्रम सँचालन गरेका थिए ।

14199284_1377836528908165_8079486251957045986_n

कार्यक्रममा मेरिल्याण्ड देखि आएका वर्ल्ड ने:वा अर्गनाइजेशनका अध्यक्ष सिजन श्रेष्टले नेवारीमै बोल्दै नेवा: अर्गनाइजेशनको बारेमा प्रष्ट्याएका थिए भने प्रमुख बक्ताको रुपमा आएका नेवा गुरु, रिसर्चर वासभ राजोपाध्यायले येँया पुन्ही इन्द्रजात्रा र समयबजी को मह्त्व दर्शाऊदै समय दोँ भनेको पञ्चतत्वको रुपमा तान्त्रिक देऊताको अगाडि अप्रतक्ष्य बली को रुपमा चढाईन्छ भनेर एतिहासिक ब्याख्या गरेँ । साथै समयबजीसँग आऊने अन्य सँस्कृतिहरु इन्द्रजात्रा,कुमारी,लाखेँ, आकासे भैरव आदीको प्रचलन र एतिहासीक कथाहरु सुनाएका थिए । सबै राम्रा सँस्कृतिहरु नेपालीका हुन । सास्कृतिक पर्वहरु बचाऊन र नानीबाबुलाई सिकाऊन जरुरी छ भन्नेमा ऊहाको जोड थियो ।

14141652_1377837675574717_848849962981306684_n

गाईजात्राको एक मैन्हा पछि इन्द्रजात्रा पर्दछ इन्द्रजात्राकै दिन समयबजी खाने एतिहासिक प्रचलन छ । समयबजीमा खासगरी स्यावजी( चिऊरा), कालो भटमास, सिद्रा माछा, बोडी, लसुन, अदुवा, अण्डा, ओ(मासको बाडा), टुकँचा( तोरिको साँग) ,छोयला, आलुको अचार,सिसाफुसा(फलफुल),थ्वँ (जाँड) आदी हुने र यसलाई सर्बप्रथम इन्द्र देवतालाई चढाऊने प्रचलन र चढाइसकेपछि बाडेर खाने वा मागी मागी खाने चलन रहेको कुरा कार्यक्रममा सहभागी पाका पुराना सामाजिक ब्यक्तित्व प्रयागमान श्रेष्ठले हामिलाई बताए ।

14183817_1377831912241960_2301647314395391946_n

नेवा अर्गनाईजेशन अफ अमेरिका न्यु इँगलैण्ड च्याप्टरका आठ कार्यकारिणि पदाधिकारीहरु, तिनका परिवार एवँ सम्बद्द साथीहरु दिनरात खटेर कार्यक्रमलाई ब्यबस्थित र आकर्षक बनाएको कुरा सचिब बुद्द महर्जनले बताए ।समयबजीमा लाखे बनेर नाच्नेमा सत्य जिवन श्रेष्ठ थिए । कुमारी बनेर प्रस्तुत हुनेमा रेणि श्रेष्ठ थिइन । बाजा बजाएर नचाऊनेमा नातिराज महर्जन थिए । स्मृति श्रेष्ठले फुलको आखामा फुलै सँसार गित गाएकि थिइन भने मिठु थापाले नेवारी गित । हिजोको दिन बोष्टनमा साह्रै राम्रो मौसम थियो त्यस्तै अमेरिकाको ३ दिने लेबर डे विकान, जसले गर्दा ग्रेटर बोष्टन स्थित जिबिएनसि, प्याब्फोन,नेपाली जनसम्पर्क समिति, हिमालयन हेरिटेज कल्चरल एकेडेमी, हिमालयन लायन्स क्लब,एन डब्लु जि एन,बोष्टन लोक सुसेली समुह, बृहद बिराटनगर समाज,तमु समाज, थकाली समाज लगायतका नेपाली सँघ सँस्थाबाट पदाधिकारीहरु को बाक्लै ऊपस्थित देखिन्थ्यो ।

14224792_1377835355574949_3434247938018081307_n

एक प्रसङगमा आयोजक सँस्था न्यु ईगलैण्ड च्याप्टरका अध्यक्ष सिन्दुराकारले भने “ आफु समेत सँलग्न भै २०१३ देखि बोष्टनमा नेवा अर्गनाईजेशन तथा सामाजिक गतिबिधि सँचालन गर्दै आऊदा आज आफुहरु वर्ल्ड नेवा:अर्गनाइजेशन जस्तो ठुलो सँस्था अन्तर्गत समेटिन सक्षम भएको र पहिलोपटक बोष्टनमा इन्द्रजात्रा मनाऊन सफल भएको ऊल्लेख गर्दै सबै सफल कामको जस बोष्टन न्यु इङल्याण्ड च्याप्टरका पदाधिकारी साथीहरुलाई जाने बताऊदै खुसि ब्यक्त गरेँ , त्यसैगरी आगामी दिनमा पनि सबैको साथ पाऊनेमा ढुक्क हुदै कार्यकममा सहभागी हुने र आफुहरुलाई प्रतक्ष्य अप्रतक्ष्य सहयोग पुराऊने सबै सबैलाई मुरी मुरी धन्यबाद दिए ।

14224816_10154467849187020_7937841505110755812_n

14184353_10154467832067020_6926065028756011571_n 14237586_1377836455574839_2901379887157967610_n

फोटो साभार : साझा डट कम तथा सम्बनधित साथीहरुको फेसबुकबाट  

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...