Friday, September 30, 2016

एनआरएन अमेरिका जुट्यो वृद्धाश्रम वनाउने तयारिमा सदस्यता वनाउने अभियान तिब्रगतिमा

nrna1

अमेरिका । गैर आवाशीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको कन्फरेन्स कल बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । आईतवार संघका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा बसेको बैठकले अमेरिकामा गैर आवाशीय आन्दोलनलाई थप मजबुत र प्रभावकारी बनाउन यसका अतिरिक्त नेपाली समुदायको हितमा काम गर्न भिन्न भिन्न उद्धेश्य रहेको कार्यदल सल्लाहकार, एनआरएनका च्याप्टरहरू तथा एनआरएन अमेरिकाका सम्पूर्ण अभियन्ता संगठित भई अमेरिकाको विभिन्न राज्यमा सदस्यता विस्तार गर्ने निर्णय गरेको छ ।

त्यसै गरि एनआरएन अमेरिकाले एनआरएन अमेरिकाको उपाध्यक्ष रविना थापा र एनआरएन अमेरिकाका मिडिया कोअर्डिनेटर सर्बज्ञ वाग्लेलाई देवघाटको वृद्धाश्रममा गई स्थलगत अध्यायन गरि असक्त तथा वृद्ध वृद्धाहरूलाई मन्दिर तथा खाना खाने ठाउँ नजिकै भवन वनाउन उपयुक्त ठाउँ खोजि गरि एनआरएन वोर्डलाई जानकारि दिन लगाईएको थियो । सो निर्णय अनुसार एनआरएन अमेरिकाकी उपाध्यक्ष रविना थापाको संयोजकत्वमा देवघाटमा वृद्धाश्रम वनाउने अभियानलाई तिब्रगतिमा अगाडि वढाउने निर्णय धेरै अगाडि देखि शुरू गरिए पनि चन्दा संकलनको अभियान आईतवारको कन्फ्रेन्स कल मीटिंगवाटै शुरू गरियो । एनआरएन अमेरिकाले हालै देवघाटको मंदिर नजिकै २५ जना वृद्ध तथा वृद्धा अटाउने पहिलो भवन वनाउने छ । उक्त भवनमा ती वृद्ध तथा वृद्धालाई औषधो उपचारका साथै उनीहरूको सेवामा खटने व्यक्तिको पनि व्यवस्था गर्न सजिलो होस् भनि सो कार्य एनआरएन अमेरिकाले गर्न लागेको हो । हालै वनाउने भनिएको उक्त भवनको चापहेरि पछि पनि विस्तार गर्न मिल्ने छ ।

सो भवन वनाउन हालै नेपालमा रहनु भएका एनआरएनका महासचिव तिलक श्रेष्ठले देवघाट गई वृद्धाश्रमको शिलान्यास गरि भवन वनाउने प्रकृयालाई तदारूपताका साथ संचालन गरि अमेरिका फर्कनु हुनेछ ।

यसका अतिरिक्त एनआरएन अमेरिकाले नेपालीहरू माथि अकस्मात् पर्ने आपत तथा विपतका लागि इमर्जेंसी फ़ण्डको व्यवस्था गर्नुपर्ने विषयमा पनि व्यापक छलफल गरि चाडो भन्दा चाडो निर्णयमा जाने योजनामा जुटने प्रक्रिया समेत सुरु गरेको छ । मातृभूमि नेपालमा गएको प्रलयकारी भुकम्प लगत्तै संघको तर्फबाट अति प्रभावित क्षेत्रमा गरिएको राहत वितरण र स्वास्थ्य परिक्षण अभियानको समिक्षा गर्दै वृद्धाश्रम वनाउने एनआरएनको अभियानमा सहयोग पुर्याउन सम्पूर्ण संघ संस्थालाई अनुरोध गर्दै नेपाल र नेपालीको हितका पक्षमा जनमत निर्माण र कार्वान्वयनका लागि निरन्तर क्रियाशील रहने निर्णय गरेको छ । कन्फ़ेशन कल मीटिंगको संचालन एनआरएनका महासचिव तिलक श्रेष्ठले नेपालवाटै संचालन गर्नु भएको थियो ।

सर्बज्ञ वाग्ले मिडिया कोर्डिनेटर । एनआरएन एनसिसिय युएसए

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...