Saturday, September 24, 2016

अमेरिकामा ग्लोबल नेपाली फिल्म अवार्ड हुँदै

award-poster-design-small

रासस, क्यालिफोर्निया । नेपाल फिल्म सोसाइटी, अमेरिका नेपाल टेलिभिजन र बिआरटि नेपाल डटकमले नोभेम्बर महिनाको १२ तारिखमा अमेरिकाको कोलोराडोमा ग्लोबल नेपाली फिल्म अवार्डको आयोजना गर्न गईरहेका छन ।

नेपाली चलचित्रलाई विश्वमा चिनाउनको लागि सो कार्यक्रम गर्न लागिएको कार्यक्रम आयोजक शैलेश पोखरेलले राससलाई बताए । उत्कृष्ट फिल्म, उत्कृष्ट नायक तथा नायिका, सहयोगी नायक तथा नायिका, वर्ष हास्य कलाकार, निर्देशक, लाइफटाइम एचिभमेन्ट गरी आठ ओटा विधामा प्रदान गरिने अवार्डको दोस्रो संस्करणमा केही विधाहरु थप गरिने योजना रहेको छ ।

कार्यक्रममा अमेरिका, नेपाल र विश्वका अन्य क्षेत्रमा रहेका कलाकारहरूको विशेष उपस्थिति रहने आयोजकले जानकारी दिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...