Sunday, September 11, 2016

डिसीमा विपी जयन्ती कार्यक्रम भव्यताको साथ सम्पन्न

 

img_3741

नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया शाखाको आयोजनामा विपी जयन्ती कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ l कार्यक्रम बीपीको तस्बिरमा माल्यार्पण गरि कार्यक्रमको सुरुवात गरियो l

बिपी जयन्ति कार्यक्रममा नारायण अधिकारी ,पवन खनाल ,अमेरिका नेपाल समाजका महा सचिब प्रेम पौडेल ,अर्जुन सिग्देल ,टिकाराम पौडेल , साहित्यकार कृष्ण धरावासी ,देव खनाल ,मंजु बिमली ,गैर आवासीय संघ भर्जिनिया शाखाका अध्यक्ष मुक्ति दवाडी ,अमेरिका नेपाल समाजका पूर्व अध्यक्ष नगेन्द्र पौडेल , रमेश पन्थ (बिध्या वारिधि ),अनेसासका केन्द्रिय सचिब प्रकाश नेपाल(कविता ), नासो समुदायका गोपाल बिश्वकर्मा , राम चन्द्र भटट्राई ,केसब बराल ,बेद खरेल ,गोपाल गुरागाई धर्म ,धर्म श्रेष्ठ तथा नेपाली जन सम्पर्क समिति का अध्यक्ष आनन्द बिष्ठ तथा अन्य वक्ताहरुले बोलेका थिए l

img_3734

यसका अतिरिक्त कविता बाचन तथा स्वर्गिय कोइरालाको व्यक्तित्व सम्बन्धी बिभिन्न व्यक्तिहरुले आफ्ना विचार पोखेका थिए l बिपीको आदर्श र विचार बारेको चर्चाको साथै नेपाली जन सम्पर्क समितिको भूकम्प पिडितमा भएको भ्रष्टचार मुद्धाको सवालमा बेद खरेलले उक्त बिषयमा बिस्तृत जानकारी गराएका थिए l धर्म श्रेष्ठले पनि दुख व्यक्त गर्दै नेपाली जनसम्पर्क समितिमा भूकम्पको लागि उठेको रकम उठाई सकेको बताए l

unnamed-5

मन्तब्य क्रममा नेपाली जन सम्पर्क समितिका अध्यक्ष आनन्द बिष्टले बिपी कोइरालाको बारेमा चर्चा गर्दै भूकम्प पिडितको घटना नाममा उठेको एक पैसा पनि अपचलन भएको छैन भने l म सम्पूर्ण रुपमा म क्षमा माग्छु किनभने म नेतृत्वमा छु भने lबिष्टले १५ महिना लगाएर हिनामिना गरेको भएको रकम कोषाध्यक्ष संग लिएको बताए l

९ पटक लगाएर ४५ हजार उठाएको पाईएको बताए l अहिले हामी संग एक पैसा पनि हिनामिना नभएको बताउदै पूर्व साथीहरुले संस्थालाई अमेरिकाको ५०१ (सी )मा दर्ता पनि नभएको खुलाशा गरे l तर अहिले सबै भै सकेको बताए l बिष्टले म मा कुनै स्वार्थ छैन भन्दै सबैको सहयोगको अपेक्षा गरेको बताए l

img_3717

शाखा सभापति रामशरण हुमागाईको सभापतित्वमा बिपी जन्मजयन्ती कार्यक्रम सम्पन्न भएको छ l गत सेप्टेम्बर १० तारिख शनिबार रक्तदान कार्यक्रम गर्न उपसभापति द्वय टंकनाथ दाहाल र दीपक राना, कार्यसमिती सदस्यहरु केदार प्रशाद तिम्सिना, बुद्धिप्रसाद पौड्याल र यमकुमार सिटौला समेतको समितिले रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो l

img_3712

उक्त बिपी जयन्तीमा नेपालबाट विश्व भ्रमण गर्दै डिसी महानगर आई पुगेका दुई साईकल यात्रीहरु अमृत बराल तथा अजित बराललाई सम्मान समेत गरिएको थियो l

बाताबरण संरक्षण तथा एचआईभि सम्बन्धि जनचेतना लागि विश्व ब्यापी साइकल यात्रामा निस्केको बताएका थिए l

जन्मजयन्ती कार्यक्रममा बिगत बर्षहरुमा झैं डिसी महानगर क्षेत्रका नेपाली समुदायका संघ संस्थाका पदाधिकारी ,सदस्यहरु, सञ्चारकर्मी, बिद्यार्थी, साहित्यकार लगायत को सहभागिताका रहेको थियो l

जन्मजयन्ती कार्यक्रममा बिगत बर्षहरुमा झैं डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका संघ संस्थाका पदाधिकारी ,सदस्यहरु, सञ्चारकर्मी, बिद्यार्थी, साहित्यकार लगायतको उपस्थिति रहेको थियो l

किरण लामाले धन्यबाद ज्ञापन गरेका थिए भने केदार प्रसाद तिम्सिनाले कार्यक्रम संचालन गरेका थिए l शाखा सभापति रामशरण हुमागाईले सभा बिसर्जन गरेका थिए l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...