Sunday, September 4, 2016

बाल्टिमोरमा “आमा समुह” को तीज

DSC05035-800x600

अमेरिकाको बाल्टिमोरमा “आमा समुह” को हरितालिका – तीज भब्यताकासाथ सम्पन्न भयो l करिब २०० जना दिदी,बहिनीहरुको ऊपस्थितीमा  सेल रोटी सहितको “दर” खाएर सेप्टेम्बर ३ तारिखको शनिबार मध्यरात सम्म नाचगान चलेको थियो l   बाल्टिमोरको White Marsh / Honegyu Blvd. स्थित थकाली सामाजको तोरन्ल्ह भएको पब्लिक – हलमा आयोजित तीज कार्यक्रममा “आमा समुह” का नयाँ अध्यक्ष लिलु गुरुङले ऊपस्थित सबैलाई धन्यबाद मन्तब्य दिएपछी नाचगान शुरु भएको थियो l  रजिस्ट्रेसन डेस्ककी ईन्चार्ज म्याग्दी सिङ्गा – बांस्कुनाकी साबित्री थापाका अनुसार प्रति ब्यक्ती २५ डलर प्रवेश शुल्क तोकिएको थियो l म्याग्दी रुमकी जेनी तुलाचन, थाकखोलाकी शरला शेरचन लगायत म्याग्दी जिल्लाको दर्बांग, ताकम, धारापानी, सिबांग, मच्छिम, मुना, फल्ल्ले गाउँ, गुर्जा, मरांगखोला, ओखरबोट, बाबियाचौर, बरंजा, सिङ्गा, तातोपानी, बेनी बजार, झी, पाखापानी, कोटगाउँ, चिमखोलाका छन्त्याल, मगर महिलाहरुको संख्या नाच्नेमा बढी सक्रिय देखिन्थे l महिलाहरु सबैभन्दा बढ्ता पशुपती शर्माको गीतमा नाचेको देखिन्थ्यो l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...