Monday, September 26, 2016

जिपको ठक्करबाट एक बालकको मृत्यु

दाङ, १० असोज । दाङमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंका अनुसार पवननगर–५ कुमलगैडी निवासी सात वर्षीय दीपक चौधरीको मृत्यु भएको हो ।

धनौरीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१ज ३८६ नंको यात्रुबाहक जिपको ठक्करबाट गम्भीर घाइते चौधरीको राप्ती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी प्रसार्इंले जानकारी दिनुभयो ।

आज बिहान १० बजेतिर उक्त दुर्घटना भएको थियो । चालक र ठक्कर दिने जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सोही घटनालाई लिएर मृतकका आफन्त एवम् स्थानीयवासीले पीडितपक्षलाई उचित क्षतिपूर्ति र दोषी चालकलाई कारबाहीको माग गर्दै घटनास्थलमा सडक अवरुद्ध पारेका छन् ।
सडक खोल्ने बारेमा छलफलको प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...