Sunday, September 25, 2016

हेलिकप्टर दुर्घटना

सोलुखुम्बु, ९ असोज । जुभिङ गाविसमा आज बिहान करिब ७ बजे हेलिकप्टर दुर्घटना हुँदा अघिल्लो भाग क्षतिग्रस्त भएको छ ।

बिरामी लिएर चांैरीखर्कबाट काठमाडौँ जाँदै गरेको माउन्टेन एअरको नाइन एनएएलक्य नंको हेलिकप्टर इन्जिन बिग्रेपछि दुर्घटनामा परेको हो ।

इन्जिन बिग्रेपछि आकस्मिक अवतरण गरिएको र हेलिकप्टरका चालक सहित छ जना सबै सकुशल रहेको प्रजिअ कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार सबै यात्रुलाई सोही एअरको अर्को हेलिकप्टरबाट उद्धार गरी लुक्ला लगिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...