Saturday, September 10, 2016

कोही भारत कोही चीन गए

6_rakesh

कोही भारत गए

कोही चीन गए

जाँदा जाँदै फर्किदा

सारा दिन गए

अर्ति उपदेश अरूको

दिमाग भरी भरी

कहिले सोच्ने आफैँले

गर्ने के गरि ?

रिसाउने पो हो कि

भनि डराउने

भ्रमण सफल भन्दै

बरबराउने

आफ्नै माटोको माया

धेरै गरे पो

आफूले लेखेको आफैलाई

मन परे पो

कोही भारत गए

कोही चीन गए

जनताको थाप्लोमा

ऋणै ऋण भए

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...