Saturday, September 24, 2016

काभ्रे सम्पर्क समिती कतारको प्रथम अधिबेसन सम्पन्न। Inbox x

unnamed-2
काभ्रे सम्पर्क समितीले  गत सुक्रबार बिशेष भेला आयोजना गर्दै प्रथम अधिबेसन सम्पन्न गरेको छ।
कतारलाई  कर्मभुमी बनाउदै आएका काभ्रेलीहरु एकजुट भएर आफ्नो गृह जिल्ला बासिहरुलाई  प्रबासमा कुनै  समस्या परेमा वा आफ्नो देशमा कुनै प्राकृतिक बिपत पर्दा सहयोग गर्ने र भाइचाराको सम्बन्धलाई एकजुट बनाउने मुख्य उदेश्य रहेको सस्थाले जनाएको छ।
unnamed-1
२०१६ जुलाईमा बसेको काभ्रेलीहरुको आम भेलाले  काभ्रे सम्पर्क समिती, कतार सस्थाको बिस्तार गरि  नन्द प्रसाद ढुंगाना सयोजकत्वमा १५ सदस्यीय समिती गठन गरिएको थियो। उक्त  समितिले हिजो आफ्नो प्रथम अधिबेसन भव्यताका साथ सम्पन्न  गर्यो।
कार्यक्रमको सभापतित्वमा नन्द प्रसाद ढुंगाना रहेका थिए त्यस्तै गरि प्रमुख अथितीमा एन आर एन ए, आइ सी सी का सल्लाहकार टि. बी कार्की थिए भने एन आर एन ए आइ सी सी  सदस्य हंसराज ढकाल सहित बिभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु बिशेष  अथितीको रुपमा  बाक्लो उपस्तिथी रहेको थियो।
unnamed
कार्यक्रमको प्रथम अधिबेसनको बन्द सत्रको कार्यक्रम निवार्चन सयोजक हंसराज ढकाल क्षेत्री, सदस्य रेशम बहादुर  बस्नेत तथा सदस्य शिव कुमार भुजेलले निवार्चनको सपूर्ण प्रक्रिया  पुरा गराई नन्द प्रसाद ढुंगानाको अध्यक्षतामा २३ सदस्यीय समिती गठन चयन भएको जानकारी दिएको छ उक्त समितिमा प्रथम उपाध्यक्षमा नारायण बिष्ट,  दित्तीय उपाध्यक्षमा  हरि धिमिरे, तृतीय उपाध्यक्षमा दिनेश घिमिरे, महासचिबमा गौरव राज अधिकारी, सचिबमा राजन कुमार सापकोटा, कोषाध्यक्षमा हरि शरण पण्डित, सह-  कोषाध्यक्षमा  दीपेन्द्र श्रेष्ठ, त्यस्तै महिला संयाेजकमा बृन्दा अधिकारी (सापकोटा), महिला सदस्यमा  श्रेया तिवारी र सदस्यहरुमा बिनोद दुलाल, रमेश सापकोटा, रोशन श्रेष्ठ, बुद्धिमान सुनार, प्रेम सुनार, सुमन रसाइली, नारायण संजेल, प्रदिप न्याैपाने, रुप कुमार श्रेष्ठ, प्रकाश गौतम, कान्छा मान श्रेष्ठ, बिकास अधिकारी र  बाबुलाल तामाङ रहेका छन।
स्मरण रहोस काभ्रे सम्पर्क समिती सुरु भएको महिनामै काभ्रे जिल्ला घर भै कतारमा लामो समयदेखि एक मात्र नेपालि अर्गानिक ब्यबसाय तथा बिभिन्न संघ सस्था मार्फत समाज सेवा गर्दै आएका सफल ब्यबसायी कमल प्रसाद घिमेरेको सयोजक्त्वमा राम चन्द्र तिमल्सिना बचाउ अभियानमा ५ लाख संकलन गरेर नेपाल पठाईएको  थियो।
कार्यक्रम बिभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रम, लोक दोहोरि, नाच गान सहित समापन गरिएको थियो।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...