Friday, September 2, 2016

अन्तर्राष्ट्रिय नेपाली समाज कतार -INSQ का सचिवालय सदस्य तामाङ लाइ बिदाइ !

1
ध्रुब क्षेत्री,  दोहा कतार -अन्तर्राष्ट्रिय नेपाली समाज कतार -INSQ , (नयासक्ति कतार) ले दोहाको बिक्रमपुर् रेस्टुरेण्टको  बल हलमा आफ्नो बिसेष भेलाको आयोजना गरि आफ्ना संस्थापक सदस्य/ अभियन्ता ,हालका सचिवालय सदस्य तथा दोहा क्षेत्रका सहसंयोजक, जुजारु जनजाति युवा नेता श्री राजन तामाङ स्याङ्तान लाइ गएको सेप्टेम्बर १ तारिक २०१६  बिहिबार बिदाइ गरेको छ! उक्त कर्यक्रममा’ दोहाको लामो जागिरे प्रवासी जिबनलाइ बिट मारी नयासक्ति कतार (INSQ ) को  नीति अनुरुप’ “फर्क युवा आफ्नै देश-तिमीले नगरे कसले गर्छ” भन्ने  मोटोका साथै नयासक्ति नेपाल पार्टीले अबल्बन गरेको आर्थिक क्रान्ति र तेस्को सहयोगको लागि बिदेसिएका युवाले आफ्नै भुमिमा बसी केहि गर्नु पर्ने नीतिलाइ आत्मा साथ् गर्दै जन्म भुमिमा नै बसेर कुनै उध्यम गर्ने र आफु आत्म निर्भर बन्दै देश, पार्टी र संगठनलाइ सहयोग गर्ने उदेस्यका साथ् आफु नेपाल फर्कन लागेको कुरा बिदाइ  कार्यक्रम मा आफ्नो मन्तब्य राख्ने क्रममा  श्री तामाङ ले बताउनु भयो!
2
उक्त कार्यक्रममा ,अन्तर्राष्ट्रिय नेपाली समाज कतारका सह-संयोजक तथा संगठन बिभाग प्रमुख लाल भट्ट, र महासचिब महमुद कार्की ले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रममा संगठनका सह-संयोजक राज भटराई , दुर्गा सुनार, कोशा-अद्क्ष्य देब परियार, दलित बिभाग संयोजक र सहसंयोजक कृस्न परियार र सोम परियार, नयासक्ति कतारका सास्कृतिक बिभाग संयोजक छितिज किरण गैरे, दोहा छेत्रीय संयोजक हिमाल राज बिस्वकर्मा र सह-कोसाद्क्ष्य सन्तोष बस्नेत लगाएतको उपस्थियी थियो! उक्त कार्यक्रमलाइ अन्तर्राष्ट्रिय नेपाली समाज कतारका प्रवक्ता ध्रुब क्षेत्री ले  संचालन  गर्नु भएको थियो भने सभापतित्व संगठनका  संयोजक बि बि. खराल (रोसन) ले गर्नु भएको थियो! उक्त कार्यक्रमको समापन मन्तब्य राख्दै अन्तर्राष्ट्रिय नेपाली समाज कतार -INSQ का संयोजक रोसनले श्री तामाङ को  सफल , सुरक्षित र सुखमय यात्राको कामनाका साथ् नेपालमा ऊहाले चाएको बेपार वा बेबासायामा सफलताका साथै नयासक्ति नेपाल पार्टी को काम र जिम्मेवारीमा उहाले कतारमा दिनु भए जस्तै समय मिलोश भन्ने अपेक्षाका साथ् अग्रिम बधाई तथा शुभकामना बेक्त गर्नु भयो!!!
3

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...