Tuesday, September 6, 2016

नेपाल सम्बत ११३७ न्हुँ दँ (नयाँ वर्ष )को उपलक्षमा WNO मचा सिरपा घोषणा हुने

14199251_1773800782882346_5981182988048981207_n

 

यही नोवेम्बर ५ र ६ तारिख जापानको नागानोकेनको तातेसिना रिसोर्ट होटलमा नेपाल सम्बत ११३७ नयाँ वर्षको अवसर पारि वर्ल्ड नेवा:अर्गनाईजेशनको एशिया प्यासिफिक पहिलो क्षेत्रीय सम्मेलनमा एक लाख रुपियाँको  WNO मचा सिरपा (बाल बालिका पुरस्कार ) घोषणा हुने भएको छ l
बच्चाहरुलाई मातृभाषामा पढाउनु पर्छ भन्ने उद्देश्य  लिई गत ८ बर्ष देखि अगाडी बढी रहेको “नेवा: बस्ती नेवा: स्कूल अभियान”को अवधारणालाई समर्थन र  सहयोग गर्ने उद्देश्यले  सुनील कुमार शाक्यको संयोजकत्वमा “WNO मचा सिरपा”को घोषणा हुने भएको छ l  नेपालभाषा पढ्ने बच्चाहरुको लागि बिभिन्न बिधामा दिइने यस पुरस्कारमा जम्माजम्मी रु. एक लाख बराबरको रकम प्रत्येक  वर्ष बिशेष कार्यक्रम गरि प्रदान गरिनेछ ।
उक्त WNO मचा सिरपालाई आर्थिक रकम  सहयोग गर्न निम्न व्यक्तिहरुले प्रतिबद्धता जनाउनु भएको छ l
नेपाल बाट डा.केशवमान शाक्य ने.रु. १०,०००  ,पुस्कर माथेमा ने.रु. १०,००० र भैरव ज्वेलरी न्यूरोड (प्रदिप मान ताम्राकार ) ने.रु. १०,०००
अमेरिका बाट दया रत्न शाक्य ने.रु. १०,००० ,सिजन श्रेष्ठ ने.रु. १०,०००,सुभाष प्रजापति ने.रु. १०,०००,रत्नकाजी शाक्य ने.रु. १०,००० र राजेश श्रेष्ठ  ने.रु. १०,०००
नेदरल्याण्ड बाट  बाल गोपाल श्रेष्ठ   ने.रु. १०,००० ,बंगला देश बाट कृष्ण चखुं ने.रु. १०,००० ,पोर्तुगल बाट स्वयम्भू धर तुलाधर ने.रु. १०,०००
जापान बाट प्रा डा.केशब महर्जन ने.रु. १०,०००,सुनिल कुमार शाक्य ने.रु. १०,०००,जनक राज शाक्य ने.रु. १०,०००,रामभक्त जोशी ने.रु. १०,०००,इन्दिरा सुजुकी राजभण्डारी ने.रु. १०,०००,को सहयोगको लागि प्रतिबद्वता जनाउनु भएको छ l सहयोग गर्न इच्छुक साथीहरुले वर्ल्ड नेवा: अर्गनाईजेशन जापानमा सम्पर्क गर्न हार्दिक अनुरोध गरिएको छ l
 नेवा: बस्ती नेवा: स्कूल अभियानका संयोजक दिपक तुलाधरका अनुसार नेपालभाषामा बयस्कको लागि थुप्रै पुरस्कारहरु छन्, तर बच्चाहरुको लागि खासै पुरस्कार छैन । त्यसैले बच्चाहरु लाई आफ्नो मातृभाषा र संस्कृति प्रति आकर्षित गर्नको लागि यस्तो पुरस्कारको आवस्यकता भएको कुरा बताउनु भएको छ l
विशेष गरी बच्चाहरुलाई लक्षित गरी अगाडी बढी रहेको मातृभाषा शैक्षिक अभियानको लागि आफूहरुले सहयोग गर्न पाउदा खुशी लागेको कुरा संयोजक शाक्यज्युले बताए ।
WNO जापानका सुनिल कुमार शाक्यले आर्थिक संयोजन गर्ने यस “WNO मचा सिरपा” को ब्यबस्थापन “नेवा: बस्ती नेवा: स्कूल अभियान” अन्तर्गतको समितिले गर्ने छन् ।

 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...