नेपालमा तिहारमा देउसी भैलो खेले झैँ अमेरिकाका बालबालिकाहरुले ट्रिक अर ट्रीटिंग अर्थात छल या व्यवहार गर भनि मस्त संग हलोविन पर्व मनाएका छन् l
Monday, October 31, 2016
अमेरिका यस्तो रह्यो हलोविन पर्व
नेपालमा तिहारमा देउसी भैलो खेले झैँ अमेरिकाका बालबालिकाहरुले ट्रिक अर ट्रीटिंग अर्थात छल या व्यवहार गर भनि मस्त संग हलोविन पर्व मनाएका छन् l आफ्ना छर छिमेक र नजदिक पर्ने ठाउमा गै २०१६ को हलोविन पर्व हर्सौल्लासका साथ मनाएर घर फर्केका छन् l यसरि विभिन्न भूतप्रेतको पोसाकमा आएका बालबालिकालाई घर धनीले झोला लिएर आएकालाई विभिन्न प्रकारका मिठाई अजुली भरि दिएका छन् l
अमेरिकाको बिभिन्न राज्यहरुमा रहेका नेपाली समुदायका बालबालिकाहरुले देउसी भैलो खेल्नुका साथै हेलोविन पनि खेल्न भ्याएको समाचार छ l हेलोविन खेल्न आउनेलाई पैसा दिनु नपर्ने र केवल मिठाई मात्र दिएका छन् l उनीहरुको सुरक्षा तथा मार्ग दर्शन गर्न उनीहरुको साथमा अभिभावक पनि आएका थिए l
घरमालिकले अन्य खाने कुराहरु दिनु पर्दैन l नेपालको तिहारको समय र हेलोविन को समय कहिलेकाही एक दुई दिनको फरकमा पर्न जान्छ l बालबालिकाले काला ,सेता बस्त्र ,भूत पर्यटक ,होलिका ,भोजमा लगाईने बिशेष पोशाकमा घर दैलोमा आई मिठाई मागी मनोरंजन गरेका छन् l
हलोविन के हो ? र किन मनाइन्छ ?
हलोविन वा ह्यालविन (अल ह्यालज् इभिनिङको छोटकरी) विश्वका धेरै देशहरूमा प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने पर्व हो। हलोविन इसाईहरूको एक चाड हो। हलोविन अक्टोबर महिनाको अन्तिम दिन मनाइन्छ। यो चाड इसाई धर्ममा ज्यादा प्रचलित छ।
गर्मीलाई बिदाई गर्न यो चाड मनाइन्छ। यो चाड पश्चिमा देशहरू संयुक्त राज्य अमेरिका, क्यानडा, स्कटल्यान्ड, न्युजि ल्यान्ड आयरल्यान्ड, संयुक्त अधिराज्य, जर्मनी जस्ता देशमा बढी मात्रामा मनाइन्छ। यी बाहेक अरु देशमा पनि मनाइन्छ ।
यो चाड मनाउने देशको संख्या बढ्दो छ। आइरिस् (आयरल्यान्डका बासिन्दा) र स्कटिस् (स्कटल्यान्डका बासिन्दा)ले यो चाड उत्तर अमेरिका ल्याएका हुन्।
हलोविन शब्दको प्रयोग पहिलो पटक सोह्रौ शताब्दीमा प्रयोग गरिएको हो भने स्कट ल्याण्डमा All-Hallows’-Even (“evening”) को मतलब अर्थात् हेलोविन रात्री भन्दा अगाडी हो l यो आत्मा दिवस को पूर्व सन्ध्या हो भने सन्यासी दिवसको नामले पनि जानिन्छ l
ॐकार भोलन्टियर्सको तिहार शुभकामना
हिन्दु ॐकार भोलन्टियर्स नामक संस्थाले तिहार एवं नेपाल संवत ११३७ र छठ्पर्वको उपलक्ष्यमा आम सर्वसाधारणको नाममा शुभकामना व्यक्त गरेको छ । सो संस्थाका अध्यक्ष पदमराज पाण्डे र महासचिव दीपक सुवेदीले संयुक्त रूपमा जारी गर्नुभएको शुभकामना सन्देशमा सो कुरा व्यक्त गरिएको छ ।
शुभकामना सन्देशमा हाम्रा चाडपर्व अत्यन्त वैज्ञानिक, सामाजिक, सद्भावपरक र महान् रहेको, संसारले यसको अनुशरण गर्न थाल्नुले विश्वका सामु हामी नेपालीको शिर ठाडो बनाएको र हाम्रा संस्कृतिलाई राम्रो मानी उनीहरूले समेत यसको अनुशरण गर्नु हाम्रो लागि गौरवको कुरा भएको व्यक्त गरिएको छ । कुकुरपूजा, कागपूजा, गाईपूजा गर्नु तथा अन्य हाम्रा संस्कृतिका व्यवहारहरूलाई अप्नाउन थालेका समाचार यसको ज्वलन्त उदाहरण भएको बताइएको छ । स्मरण रहोस नेपाल स्थित विभिन्न विदेशी नियोज एवं विदेशमै समेत विदेशी व्यक्तित्त्वहरूले उपर्युक्त कार्य गरेको समाचार समाचारमा र विभिन्न सामाजिक सञ्जालमार्फत प्राप्त भएका थिए ।
सन्देशमा अगाडि ‘राजनीतिले हामीलाई शिर निउराउन पारे पनि धर्म, संस्कृति, संस्कार, कला, परम्परा एवं सभ्यताले हाम्रो शिर ठाडोपार्ने क्षमताप्रदान गरेको छ र यिनै विषयले हाम्रो राष्ट्रिय पहिचानको निर्माण पनि गरेको छ । जसलाई हामी कसैले पनि कदापि बिर्सन हुँदैन । यो पहिचान बाच्यो भने मात्रै हाम्रा अन्य पहिचान बाच्नसक्दछन् । दिपावलीको पावन अवसरमा यहीमर्म हामी सबै नेपालीलाई बोध हुनसकोस्’ भएिको छ ।
सन्देशको अन्तमा सो संस्थाको तर्फबाट सबै नेपालीका घरआगनीमा भित्रिसकेको तिहार–दिपावली २०७३, नयाँ वर्ष नेपाल संवत ११३७, छडपर्व आदिको शुभ उपलक्ष्यमा विभिन्न क्षेत्रमा संलग्न भएर विश्वका विभिन्न स्थानमा रहेका समस्त नेपाली आमावुवा, दिदीबहिनी, दाजुभाइ, सो संस्थाका देशविदेशमा रहेका सबै निकाय तथा सबै तहका भोलन्टियर्स कार्यकर्ता एवं आम सर्वसाधारण सबैमा उत्तरोत्तर प्रगति, सुस्वास्थ्य, दीर्घायु एवं आत्मोन्नतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरिएको छ ।
मेरिल्याण्डमा अनेसासको वार्षिक साधारण सभा तथा देवकोटा जयन्ती -नवनिर्वचितले लिए सपथ-
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको वार्षिक साधारण सभा तथा देवकोटा जयन्ती भव्यताका साथ सम्पन्न भएको छ | अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा आइतवार आयोजित उक्त कार्यक्रममा हालै सम्पन्न अनेसासको निर्वाचनबाट सन् २०१६- २०१८ का लागि निर्बाचित अध्यक्ष पदम विश्वकर्मालाई प्रमुख निर्वाचन आयुक्त तीर्थराज पाण्डेले सपथग्रहण गराउनु भएको थियो | अध्यक्ष विश्वकर्माले सपथग्रहण पश्चात कार्यक्रममा उपस्थित अमेरिकाका लागि उपाध्यक्ष प्रकाश नेपाल र महासचिव गोवर्धन पूजालाई सपथग्रहण गराउनु भएको थियो भने अन्य पदाधिकारीले विधुतीय संचार माध्यमबाट सपथ लिएका थिए|
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि अमेरिकाका लागि नेपाली डा. अर्जुनकुमार कार्कीले पानसमा बत्ती बालेर गर्नु भएको थियो | डा कार्कीले अनेसासको नव निर्वाचित पदाधिकारीलाई बधाई तथा कार्यकाल सफलताको लागि शुभकामना दिदै अनेसासले नेपाली भाषा र साहित्यको विकासमा खेलेको महत्वपूर्ण भूमिकाको बारेमा चर्चा गर्नु भएको थियो |
अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष डा श्याम कार्कीले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिदै अनेसासको अध्यक्ष पदम विश्वकर्माको कार्यशैलीको प्रशंसा गर्नु भयो | उहाले अघिल्लो कार्यकालमा उल्लेख्य कार्य गर्न सफल अध्यक्ष विश्वकर्मासहित कार्यसमितिका सबै पदाधिकारीको सहयोग र सद्भावबाट अनेसासको आगामी कार्यकाल पनि सफल हुने विश्वास व्यक्त गर्नु भयो | उहाले “छोरीको बिबाहका लागि समेत ज्वाइको घर छ कि छैन हेर्ने हाम्रो चलन छ” भन्नुहुदै अनेसासको आफ्नो घर निर्माण आवश्यक रहेको बताउदै आफूले उक्त कार्यका लागि पाँच हजार डलर सहयोग गर्ने घोषणा गर्नु भयो |
कार्यक्रममा साहित्यकार कृष्ण धरावासीले अनेसासले अनुवाद साहित्यलाई जोड दिनुपर्ने सल्लाह दिदै आगामी दिनमा अनेसास विशेष कार्यक्रमका साथ प्रस्तुत होस् भन्नु भयो |
कार्यक्रममा अनेसासका सस्थापक अध्यक्ष होमनाथ सुवेदीले अनेसासको बारेमा चर्चा गर्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाका बारेमा प्रकाश पार्नु भयो | नवनिर्वाचित कार्यसमितिले आगामी दिनमा राम्रा कार्यको निरन्तरता र अनेसासको छवि उच्च पार्ने काम गरोस भन्दै उहाले अनेसासको भवन निर्माणका लागि आफूले पनि पाँच हजार डलर सहयोग गर्ने बताउनु भयो |
साहित्यकार गोविन्द गिरी प्रेरणाले नवनिर्वाचित पदाधिकारीहरूको पूर्ण सफलताको कामना गर्दै महाकवि देवकोटाको कविताकरिताका बारेमा बोल्नु भयो |
कार्यक्रममा अध्यक्ष विश्वकर्माले आगामी कार्यकालमा केही राम्रो काम गरेर अनेसासको सुन्दर इतिहास बनाउन लागि पर्ने बताउदै अनेसासको भवन निर्माणका लागि सुरुमा आफूले पनि दुई हजार डलर सहयोग गर्ने बताउनु भयो |
साहित्यकार एच बी भण्डारीले अनेसासले गरेका कामहरू र गर्नुपर्ने कामको चर्चा गर्दै निर्वाचित पदाधिकारीको कार्यकाल सफलताको कामना गर्नु भयो |
अनेसासलाई सहयोग गर्ने बिभिन्न पत्रपत्रिका तथा व्यक्तित्व लाई प्रशंसा पत्र प्रदान गरिएको उक्त कार्यक्रममा महासचिव गोवर्धन पूजाद्वारा प्रस्तुत गरिएको अनेसासको वार्षिक प्रतिवेदन तथा सचिव प्रकाश नेपालले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदनलाई सभाले अनुमोदन गरेको थियो |
अनेसास मेरिल्याण्ड च्याप्टरको संयोजनमा च्याप्टरका अध्यक्ष भरत बराइलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भीम कट्टेल, प्रविण भण्डारी, मधुकर अधिकारी, शिव लामिछाने, लिलु गुरुङ, तितेपाती , पारसमणि श्रेष्ठ, गुणराज लुइँटेल, भुवनेश्वरी बन्जाडे, सृजन ताम्राकार, कमला ओली, लगायतले पनि मन्तव्य तथा कवितावाचन गर्नु भएको थियो |
२० बर्षको लामो “पर्खाइ” : गायक दिनेश भण्डारी
बाल्टिमोर मेरिल्याण्डका स्थानीय चर्चित गायक “दिनेश भण्डारी” को गिति एल्बम पर्खाईको बिमोचन एक भब्य कार्यक्रमका बिच नेपाली सिने जगत, संगीत जगतका चर्चित कलाकारहरु, पत्रकारहरु, विभिन्न संघसंस्थाहरुका प्रतिनिधित्वहरु तथा सर्वसाधारणहरुको उपस्थितिमा आज बाल्टिमोरको “काठमाडौं किचेन रेस्टुरेन्ट” मा एक कार्यक्रमका बिच सम्पन्न भएको छ। उक्त कार्यक्रममा बानाका अध्यक्ष कुलमणि आचार्य, पूर्व अध्यक्ष बिजय श्रेष्ठ, नायिका पूजा चन्द लामा, नायक दिलिप रायमाझी, संचारकर्मी रबी लामिछाने, गायक रतन सुबेदी तथा गायक दिनेश भण्डारीले गीति एल्बम “पर्खाइ” को संयुक्त रुपमा बिमोचन गर्नु भएको हो।
गायक दिनेश भण्डारी भन्छ्न : ” २० बर्ष लामो यो मेरो सांगीतिक यात्रामा मलाई हरेक प्रकारले साथ सहयोग तथा माया गर्नु हुने मेरा परिवार, आफन्तजन तथा सम्पुर्ण संगीतप्रेमी शुभचिन्तक साथीभाइहरुलाई विशेष धन्यवाद दिँदै.. “पर्खाई” समाप्त भएको छ र यो राम्रो गीति एल्बम बनेको छ। सबैलाई एकपटक सुनेर आफ्नो साथ दिनुहुन र प्रतिक्रियाहरु ब्यक्त गरिदिनुहुने छ भन्ने बिश्वास लिएको छु।”
हामी सम्पुर्ण मेरिल्याण्डवासी संगीतप्रेमीहरुका तर्फबाट उहाँको लामो साधनाको “पर्खाइ” एल्बमको सफलताको कामना ब्यक्त गर्दै उहाँको सांगीतिक यात्राको निरन्तरता अनि सफलताको लागि शुभकामना ब्यक्त गर्दछौं।
: श्रीजन ताम्राकार, बाल्टिमोर मेरिल्याण्ड
Dinesh Bhandari, Nisha Bhandari
© मेरिल्याण्डका हामी नेपाली, 2016
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...