Monday, October 31, 2016

मेरिल्याण्डमा अनेसासको वार्षिक साधारण सभा तथा देवकोटा जयन्ती -नवनिर्वचितले लिए सपथ-

img_0091अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको वार्षिक साधारण सभा  तथा देवकोटा जयन्ती भव्यताका साथ सम्पन्न भएको छ | अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा आइतवार आयोजित उक्त कार्यक्रममा हालै सम्पन्न अनेसासको निर्वाचनबाट सन् २०१६- २०१८ का लागि निर्बाचित अध्यक्ष पदम विश्वकर्मालाई प्रमुख निर्वाचन आयुक्त तीर्थराज पाण्डेले सपथग्रहण गराउनु भएको थियो | अध्यक्ष विश्वकर्माले सपथग्रहण पश्चात कार्यक्रममा उपस्थित अमेरिकाका लागि उपाध्यक्ष प्रकाश नेपाल र महासचिव गोवर्धन पूजालाई सपथग्रहण गराउनु भएको थियो भने अन्य पदाधिकारीले विधुतीय संचार माध्यमबाट सपथ लिएका थिए|

dscn4759

 कार्यक्रमको उद्घाटन प्रमुख अतिथि अमेरिकाका लागि नेपाली डा. अर्जुनकुमार कार्कीले पानसमा बत्ती बालेर गर्नु भएको थियो | डा कार्कीले अनेसासको नव निर्वाचित पदाधिकारीलाई बधाई तथा कार्यकाल सफलताको लागि शुभकामना दिदै अनेसासले नेपाली भाषा र साहित्यको विकासमा खेलेको महत्वपूर्ण भूमिकाको बारेमा चर्चा गर्नु भएको थियो |

अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष डा श्याम कार्कीले नवनिर्वाचित पदाधिकारीलाई  बधाई तथा शुभकामना दिदै अनेसासको अध्यक्ष पदम विश्वकर्माको कार्यशैलीको प्रशंसा गर्नु भयो | उहाले अघिल्लो कार्यकालमा  उल्लेख्य कार्य गर्न सफल अध्यक्ष विश्वकर्मासहित कार्यसमितिका सबै पदाधिकारीको सहयोग र सद्भावबाट अनेसासको आगामी कार्यकाल पनि सफल हुने विश्वास व्यक्त गर्नु भयो | उहाले “छोरीको  बिबाहका लागि समेत ज्वाइको घर छ कि छैन हेर्ने हाम्रो चलन छ”  भन्नुहुदै अनेसासको आफ्नो घर निर्माण आवश्यक रहेको बताउदै आफूले उक्त कार्यका लागि पाँच हजार डलर सहयोग गर्ने घोषणा गर्नु भयो |

कार्यक्रममा साहित्यकार कृष्ण धरावासीले अनेसासले अनुवाद साहित्यलाई जोड दिनुपर्ने सल्लाह दिदै आगामी दिनमा अनेसास विशेष कार्यक्रमका साथ प्रस्तुत होस् भन्नु भयो |

कार्यक्रममा अनेसासका सस्थापक अध्यक्ष होमनाथ सुवेदीले अनेसासको बारेमा चर्चा गर्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाका बारेमा प्रकाश पार्नु भयो | नवनिर्वाचित कार्यसमितिले आगामी दिनमा राम्रा कार्यको निरन्तरता र अनेसासको छवि उच्च पार्ने काम गरोस भन्दै उहाले अनेसासको भवन निर्माणका लागि आफूले पनि पाँच हजार डलर सहयोग गर्ने बताउनु भयो |

साहित्यकार गोविन्द गिरी प्रेरणाले नवनिर्वाचित  पदाधिकारीहरूको पूर्ण सफलताको  कामना गर्दै महाकवि देवकोटाको कविताकरिताका बारेमा बोल्नु भयो |

कार्यक्रममा अध्यक्ष विश्वकर्माले आगामी कार्यकालमा केही राम्रो काम  गरेर अनेसासको सुन्दर इतिहास बनाउन लागि पर्ने बताउदै अनेसासको भवन निर्माणका लागि सुरुमा आफूले पनि दुई हजार डलर सहयोग गर्ने बताउनु भयो |

साहित्यकार एच बी भण्डारीले अनेसासले गरेका कामहरू र गर्नुपर्ने कामको चर्चा गर्दै निर्वाचित पदाधिकारीको कार्यकाल सफलताको कामना गर्नु भयो |

अनेसासलाई सहयोग गर्ने बिभिन्न पत्रपत्रिका तथा व्यक्तित्व लाई प्रशंसा पत्र प्रदान गरिएको उक्त कार्यक्रममा महासचिव गोवर्धन पूजाद्वारा प्रस्तुत गरिएको अनेसासको वार्षिक प्रतिवेदन तथा सचिव प्रकाश नेपालले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदनलाई सभाले अनुमोदन गरेको थियो |

img_0088

अनेसास मेरिल्याण्ड च्याप्टरको संयोजनमा च्याप्टरका अध्यक्ष भरत बराइलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भीम कट्टेल, प्रविण भण्डारी, मधुकर अधिकारी, शिव लामिछाने, लिलु गुरुङ, तितेपाती , पारसमणि श्रेष्ठ, गुणराज लुइँटेल, भुवनेश्वरी बन्जाडे, सृजन ताम्राकार, कमला ओली, लगायतले पनि मन्तव्य तथा कवितावाचन गर्नु भएको थियो |

img_0083

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...