Saturday, October 1, 2016

धुर्मुसले माफी माग्दै भने, लक्ष्य अनुसार काम पुरा गर्न सकेनौँ (भिडियोसहित)

hqdefault

प्रेस विज्ञप्ती
पत्रकार महानुभाव, शुभचिन्तक एवं सहयोगि मनहरु,
सिन्धुपाल्चोक मेलम्ची ८, गिरान्चौरमा एकिकृत बस्ती निर्माणका लागि खटेको आज १ सय ४४ दिन भएछ । बस्ती निर्माणको काम सुरु गर्दा आजको दिनमा भव्य कार्यक्रमकाबीच बस्ती हस्तान्तरण गरे ६५ परिवार भूकम्प पिडितको मुहारमा खुशी ल्याउने सपना देखेका थियौँ । तर, त्यो पुरा हुन सकेन । त्यसैले बिहानैदेखि मन खिन्न छ । सहयोगीदाताहरुलाई विश्वासघात गरेजस्तो अनुभुती भइरहेछ ।
सहयोगी दाताको मनलाई जित्यौँ । गिरान्चौरको विकटतालाई जित्यौँ । सुख्खा डाँडामा पानी उकाल्यौँ । कच्ची बाटोलाई जेनतेन गाडि गुड्न सक्ने बनायौँ । तर, प्रकृतिलाई हामीले पटक्कै जित्न सकेनौँ । त्यसैले माफी चाहान्छौँ किनकी हामीले घटस्थापनाको दिन बस्ती हस्तान्तरण गर्ने लक्ष्य पुरा गर्न सकेनौँ ।
देशमा अविश्वास बढ्दो छ । तर, हामीलाई देश विदेशका सहयोगी मनले निर्धक्कका साथ विश्वास गरे । दुखले कमाएको पैसा बस्ती बनाउन सहयोग पठाए । हाम्रो लक्ष्य पुरा गर्न पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानीसहरु श्रमदान गर्न आए । हामीसँगै दिनरात नभनी पसिना बगाए । सबैको साथ सहयोगी हात पाएका कारण दशैँ अघि नै बस्ती निर्माण कार्य सकिन्छ भन्नेमा हामी विश्वस्त थियौँ । तर, जेठ अन्तिमदेखि निरन्तर परेको झरीले हाम्रो काममा निकै बाधा पु¥यायो । निर्माण सामग्री ढुवानी गर्ने बाटो पटक पटक खोल्सोमा परिणत भयो । खनिएका जगहरु उठाउन नपाउँदै पुरीए । सुख्खा डाँडोमा अत्यावश्यक पानी पु¥याउन अनेक झमेला झेल्नु प¥यो । यी र यस्तै कारणले दशैँमा गिरान्चौरका भूकम्प पिडितलाई घर उपहार दिने लक्ष्य अपुरो हुँदा हाम्रो मन पनि खिन्न भएको छ ।
गिरान्चौर एकिकृत बस्तीको लगभग ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । अधिकाँस घरहरु बस्न हुने भइसकेका छन् । तर, गिरान्चौर हामीले सोचेजस्तो सिटी पूर्ण रुपमा भइसकेको छैन । त्यसैले यहाँका बासीन्दाले हाम्रो सपनाको सिटी पूर्ण रुपमा सम्पन्न नभएसम्म छाप्रोमै बस्ने निधो गरेका छन् । उनीहरुको मनलाई खुशी राख्न हामीले यो वर्षको वडा दशैँ गिरान्चौरमै मनाउने निर्णय गरेका छौँ । फेरी एकपटक माफी माग्दै बस्ती निर्माणको कामलाई दशैँमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउँदछौँ । सकेसम्म तिहार अघि नै अपाङ्गमैत्री, बालमैत्री र वातावरणमैत्री गिरान्चौर एकिकृत बस्ती हस्तान्तरण गर्ने प्रण गर्दछौँ ।

bigyapti

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...