Sunday, October 2, 2016

सिड्नीमा जीवन परिवर्तन गराउने ‘सकारात्मक सेमिनार’.

australia

.~.तपाइको सबैभन्दा ठुलो अवसर यहि हो जहाँ तपाई अहिले खडा हुनुहुन्छ !

ईश्वर न्यौपाने । सिड्नी , असनेपालन्युज । जीवन बदल्ने क्षमता तपाईं हामीमै निहित छ , मात्र खांचो छ त एउटा सानो उत्प्रेरणाको । यस्तै उत्प्रेरणा को रोचक वाणिहरू सुन्दै जीवन बदल्न सकिने एउटा महत्वपूर्ण कार्यक्रम अब नेपाली समुदाय विच सीड्नी शहरमै हुंदैछ । कार्यक्रम अस्ट्रेलियाको सिड्नीमा आयोजना गरिएको छ ।

नेपाली समुदायका विध्यार्थी , अभिभावक , ब्यापारि तथा पेशाकर्मिहरूलाई एउटा फरक प्रस्तुति दिने हैसियतले यो कार्यक्रम आयोजना गरिएको आयोजक हरूले जनाएका छन्। दैनिक कामको ब्यस्तता , चुनौतिपूर्ण जिम्वेवारी , हतारको जिन्दगीमा कसरि शान्ति र सुख प्राप्त हुन्छ , तनावलाई कसरि नियन्त्रण गर्ने ! विश्वविध्यालयको शुल्क भार , कामको दबाब , भागदौडको जिन्दगीमा सुखको श्वास कसरि फेर्ने त ! जीवनको वास्तविक आनन्द कसरी लिने त भन्ने जीवनका अमुल्य सुत्रहरू सो अवसरमा चर्चा हुने आयोजकहरूले बताएका छन्। यस्तै बिषयहरूमा केन्द्रित ‘ सो कार्यक्रमको मुख्य प्रेरक वक्ता सकारात्मक सोचको अभियन्ता भीमसेन सापकोटा (आचार्य राजन ) रहनु भएको आयोजक मध्येका एक विदुर सापकोटा बताउनु हुन्छ ।

पछिल्ला दिनमा उहांले अमेरिका , सिङ्गापुर , भारत , क्यानडा लगायतका क्षेत्रमा यस्ता साकारात्मक सोच को कार्यक्रमका लागि निम्त्याईनु भएको थियो । ‘ द माइण्ड पावर विश्व सान्जालको आयोजनामा हुन ला219-inspirational-quotes-weight-loss-motivationगेको सो कार्यक्रममा सकारात्मक सोच , सुख का यौगिक सुत्रहरू , हांस्य योग, जीवनका सकारात्मक सुत्रहू सो अवसरका आकर्षण हुनेछ्न्।

अक्टोवर १५, विहान १० बजे , सिभिक थिएटरमा आयोजना हुने सो कार्यक्रम को प्रवेश निशुल्क रहेको छ । थप जानकारीका लागि विदुर सापकोटा , 0434570379 ,0412478312 ) र महेश्वर शर्मालाई (0425800382 or E:[email protected] )संपर्क गर्न सकिने छ ।

विषेशताहरू यस्तो रहेको आयोजकहरूले बताएका छन् :

तपाईंंमा रेहेको निराशा, दिक्दारि र हतोत्साहि पन हटाउने मनो वैज्ञानिक सुत्रहरूको प्रतुति ।
विभिन्न रोग संङ सम्वन्धित उपचारक योग , हांस्य चिकित्साका कार्यक्रम ।
विध्यार्थी , व्यापारी , पेशाकर्मि र जेष्ठ नागरिकका लागि आत्म बलबढाउने सफलता र सुखका सुत्रहरूको प्रस्तुति ।
जीवन परिवर्तन गर्ने रोचक र सकारात्मक उर्जाले भरिएको अभिव्यक्तिको प्रस्तुति।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...