Friday, October 28, 2016

‘सङ्घीयता लागू गर्न स्थानीय निर्वाचन अपरिहार्य’

chitaulaकाठमाडौँ, १२ कात्तिक । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानअनुसार सङ्घीयता लागू गर्न यस वर्षभित्र स्थानीय निकायको निर्वाचन गर्नु अपरिहार्य भएको बताउनुभएको छ ।

तिहार, नेपाल संवत् र छठका अवसरमा प्रजातन्त्रवादी पत्रकारसँगको शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिटौलाले संविधान कार्यान्वयन काँग्रेसको अहिलेको प्रमुख कार्यसूची हो भन्नुभयो । संविधान कार्यान्वयनका लागि आागामी २०७४ माघ ७ गतेसम्म स्थानीय, प्रान्तीय र सङ्घीय निर्वाचन गर्नु आवश्यक रहेकामा जोड दिँदै उहाँले भन्नुभयो, “चैतभित्र स्थानीय निकायको निर्वाचन हुन नसके संविधान कार्यान्वयनमा कठिनाइ उत्पन्न हुनेछ ।”

“काँग्रेस सबैभन्दा ठूलो दल भएका नाताले संविधान कार्यान्वयनका लागि अन्य दलसँगको सहमतिमा संविधान संशोधन गरेर अघि बढ्ने कुरामा प्रतिबद्ध छ” नेता सिटौलाले भन्नुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्धको महाभियोग कानुनी प्रक्रियानुसार अघि बढेकाले हाल यस विषयमा काँग्रेसले कुनै निर्णय गर्नुपर्ने आवश्यकता नरहेको उहाँको धारणा थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...