Wednesday, October 26, 2016

विद्युत् चुहावट गर्ने २१ जनालाई थुनामा पठाइयो

bijuliलहान, १० कात्तिक । हुकिङ गरी विद्युत् चुहावट गर्ने २१ जनालाई विद्युत् प्राधिकरण कार्यालय लहानले पक्राउ गरी आवश्यक कारबाहीको लागि थुनामा पठाएको छ ।

विद्युत् प्राधिकरण कार्यालय लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले मङ्गलबार साँझ लहान नगरपालिकासहित जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएका उनीहरुलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय लहानमा पठाएको छ ।
विद्युत् चुहावट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा लहान नगरपालिकाको विभिन्न वडाबाट १७ जना र भवानी कलाबञ्चरबाट दुई तथा गाढा गाविसबाट दुई जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि थुनामा पठाएको विद्युत् प्राधिकरण लहानका निमित्त प्रमुख त्रिभुवनकुमार यादवले जानकारी दिनुभयो ।
पक्राउ गरिएका सबैमाथि विद्युत् चुहावट ऐनअन्तर्गत कारबाही गरिने निमित्त प्रमुख यादवले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...