Sunday, October 9, 2016

माझी परिवारलाई युवाको साथ

बाग्लुङ, २३ असोज । विपन्न माझी परिवारलाई ‘युथ अफ बागलुङ’ले दसँैं मनाउनका लागि खाद्य सामग्री प्रदान गरेको छ ।
बाग्लुङ–पर्वत जोड्ने मालढुङ्गामा बस्दै आउनुभएकी सुनमती माझीको परिवारलाई रु दश हजार बराबरको सामग्री सहयोग गरिएको संस्थाका सुमन रेग्मीले बताउनुभयो । राहत, उद्धार, सहयोग र सचेतनामूलक कार्य गर्दै आएका संस्थाका युवाले व्यक्तिगत खर्च कटाएर माझीको परिवारलाई सहयोग गरेका हुन् । चामल, चिनी, तेल, मासु लगायतको सामग्री दिइएको रेग्मीले जानकारी दिनुभयो । “सबैले मनाऔं दसँैं”भन्ने सन्देशका साथ विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको जनाइएको छ ।
दसँैं कसरी मनाउने भन्ने चिन्तामा पिरलिएको परिवारलाई युवाको सहयोगले ठूलो राहत मिलेको छ । माझी छोरीतर्फकी अपाङ्गता भएकी नातिनी र अरु सदस्यको पालनपोषण गर्दै आउनुभएको छ । कालीगण्डकी नदी किनारमा गिट्टी र बालुवा सङ्कलनको काम गर्दै जिविका चलाउने माझी परिवारलाई चाडबाड मनाउन सधैँ सकस हुने गर्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...